Comments Add Comment

अनमोल र श्रृष्टीको जोडी सुहाएन ? त्यसो भए यो पढ्नुहोस्

shrishti and anmol
जेठ २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गाजलु’लाई लिएर अहिले विभिन्न खालका चर्चा-परिचर्चा भैरहेको छ । यो चलचित्रका मुख्य २ कलाकार अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको जोडी नसुहाएको चर्चा पनि नचलेको होइन । चलचित्रमा समावेश एउटा गीत रिलिज भएपछि यो चर्चा चलेको हो ।

आज चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले यो प्रश्न नसोध्ने त कुरै भएन । अनमोल र श्रृष्टीको जोडी नसुहाएको बिषयमा निर्माणपक्षले केही बोलेन । मात्र भन्यो-‘हामीले अहिले नै केही भन्न मिल्दैन । पहिलो चलचित्र हेर्नुहोस् ।’

चलचित्रमा नायिका श्रेष्ठ कुमारीको भूमिकामा छिन् । अनमोलसँग उनको प्रेमको कथामा चलचित्र बनेको वुझ्न सकिन्छ । यसको अर्थ, चलचित्र भित्र श्रृष्टी अनमोल भन्दा उमेरले केही जेठी नै छिन् । shristhi shrestha
अनमोल र श्रृष्टीको जोडी यसैकारणले निर्देशक हेमराज वीसीले रोजेको वुझ्न सकिन्छ । कार्यक्रममा अनमोल केसी, श्रृष्टी श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेतको उपस्थिती थियो । यस्तै, निर्माता रोहित अधिकारी, निर्देशक हेमराज वीसी, वितरक गोविन्द शाही पनि कार्यक्रममा उपस्थित थिए ।

चलचित्र ‘गाजलु’को कथावस्तु आफूले अनुसन्धान गरेर तयार पारेको निर्देशक वीसीको भनाई थियो । निर्माता अधिकारीले यो चलचित्रपछि पनि निर्माणमा निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment