+
+
Shares
बागेश्वरी मन्दिरमा जिब्रो छेड्नेको भीड :

यी हुन् नेपालगञ्जका जुजुभाइहरु (फोटो फिचरसहित)

बागेश्वरी मन्दिरमा जिब्रो छेड्ने लहर, सयौंपटक छेड्ने पनि भेटिए

आरपी सुवेदी आरपी सुवेदी
२०७३ वैशाख ३ गते १३:४५

Nepalgunj-jibro-chhedne8३ वैशाख, नेपालगञ्ज । जिब्रो छेड्ने भन्नासाथै भक्तपुरका जुजुभाइको नाम आउँछ । हरेक वर्ष बिस्केट जात्राको दिन जिब्रो छेडेर किर्तिमानमाथि किर्तिमान राखिरहेका जुजुभाईलाई नेपालगञ्जवासीले चुनौति दिन खोजेका छन् ।

चैते दसैं सुरु हुने प्रतिपदाका दिनदेखि नै निराहर ब्रत बसेका पुरुष धर्मावलम्बीले आफ्नो भाकल पूरा गराउन वा पूरा भएपछि ‘वाक्यकी देवी’ बागेश्वरी मन्दिरमा जिब्रो छेडेर चढाउने चलन छ । नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नो जिब्रो तीखो धातुले (त्रिशुल) छेड्छन् ।

हरेक वर्ष करिव १ सय ५० बढी धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेको मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगीले बताए । उनले भने- ‘वडा दसैंमा भन्दा पनि चैते दसैंमा जिब्रो छेड्नेहरुको संख्या बढी हुन्छ ।’

हातमा त्रिशुल लिएर थर्थरी कामिरहेका बर्दिया बेलवाका ७४ वर्षीय तेजराम महावत (मंगता) ले जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गर्दै दर्शन गरे । उनले सानै उमेरदेखि निरन्तर चैते दसैंको रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए । महावतले भने- ‘म सानै छँदा बुवा र काकासँग मन्दिरमा आएको थिएँ । उहाँहरुले छेडेको देखेर मलाई पनि छेड्न मन लाग्यो । त्यहीबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु ।’

Nepalgunj-jibro-chhedne6

उनका साथमा रहेका बर्दियाका गेदवका ६० वर्षीय लक्षुराम  मगन्ता र भकारी बर्दियाका ७० वर्षीय शनिने महावत मगन्ताले  आफ्नो भाकल पुरा भएको भन्दै जिब्रो छेडेका छन् । उनीहरु सबैले अहिलेसम्म सयौपटक जिब्रो छेडेको बताए । तीनै जनाले एकै स्वरमा भने- ‘देवीले आशिर्बाद दिएमा एकै दिनमा ४०-५० पटकसम्म छेडेर दर्शन गर्ने गरेका छौ ।’

बाँके खजुराका ६५ वर्षीय विष्णु मगन्ताले ५० पटक, बर्दिया पद्नाहका ५२ वर्षीय भुलन पत्थरकट्टाले ३५ पटक र उनकै छोेरा दिलु पत्थरकट्टाले पहिलो पटक जिब्रो छेडेका छन् । रामनवमीमा निराहार ब्रत बसेर बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास छ ।

बर्दिया मोतिपुरका ६५  वर्षीय जग्गु थारुले १६ वर्षको उमेरदेखि दशै र चैते दशैमा निराहर ब्रत बसे पनि गत चार वर्षदेखि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्न थालेको बताए । मोतिपुरकै ६० वर्षीय रोदाही थारु, ५० वर्षीय लखिराम चौधरी, ३८ वर्षीय फिरु चौधरीले आफ्नो घरमा दुख विमार नलागोस भन्दै पहिलो पटक निराहार ब्रत बसेर जिब्रो छेडेका छन् ।

जिब्रो छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने चलन छ । यसो गर्दा ‘इन्फेक्सन’ नहुने विश्वास छ ।

Nepalgunj-jibro-chhedne

Nepalgunj-jibro-chhedne1

Nepalgunj-jibro-chhedne3

Nepalgunj-jibro-chhedne4

Nepalgunj-jibro-chhedne7

Nepalgunj-jibro-chhedne2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?