Comments Add Comment

फिल्म त चलेका छन् तर खै त सरोज खनालको चर्चा

saroj khanal
कुनै पनि चलचित्रमा अभिनय गरेर मात्र हुँदैन, त्यो कामको रेस्पोन्स पनि आउनुपर्छ । होइन भने चलचित्रमा काम गरेको अर्थ के त ? नायक सरोज खनालको हकमा पनि अहिले यस्तै भएको छ । अमेरिकाबाट सधैका लागि फर्किएका सरोजलाई लागेको थियो कि उनको चलचित्र करिअर पहिलेको जस्तो चम्किनेछ । उनले नेपाल आएपछि ठूला र चलेका चलचित्रमा अभिनय पनि गरे । तर, यसको क्रेडिट सरोजको भागमा गएको छैन ।

चलचित्र ‘नाई नभन्नु ल २’मा देखिएका सरोजको छोटो भूमिकाले खासै चमत्कार गरेन । ‘नाई नभन्नु ल ४’ अहिले चलिरहेको छ । यो चलचित्रको चर्चा र व्यापार दुबै भैरहँदा उनको चर्चा पनि खासै भएन । सायद, कुनै बेलाका सुपरस्टार खनालले गतिलो भूमिका नपाएर पनि हुनसक्छ । चलचित्र ‘प्रेमगीत’ चलेपनि सरोज खनालको चर्चा सुनिएन । बरु, चलचित्रको गीत र नयाँ नायक प्रदिप खड्काले यसको क्रेडिट लिइदिए ।

सायद, सरोजले मुख्य नायकको भूमिका नपाएर पनि हुनसक्छ । होइन भने, कुनै बेलाका सुपरस्टारको कमब्याक किन अर्थपूर्ण हुन सकिरहेको छैन । सरोज बरु डाक्टर बाबुराम भट्टराइको नयाँ शक्तिमा लागेपछि बढी चर्चित बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment