हजुरको देशमा हजुरकै मर्जी
म त हजुर दुई दिनको पाहुना
साँँचै यि गितका शब्द जस्तै मिठो स्वरका धनी सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक दुई दिनको पाहुना जस्तै गरी अल्पायुमै यस धर्तीबाट टाढा भएका छन् ।
गत बैशाख २८ गते चितवनबाट काठमाडौं आउने क्रममा धादिङ्गको मलेखु स्थित पृथ्वीराजमार्गमा भएको अकल्पनीय सडक दुर्घटनामा परी पाठकको निधन भएको हो । विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा विशेष गरी आधुनिक संगीततर्फ आफ्नो नाम चम्काउदै गरेका पाठक गायक, संगीतकार तथा रचनाकार समेत थिए । आफै गित लेख्ने संगीत भर्ने र त्यसलाई मिठो स्वर दिने क्षमता उनमा थियो ।
चितव जिल्ला स्थित शिवनगरमा २०४१ सालमा जन्मिएका पाठक २०६४ साल असार ६ गते सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट प्रबेश गरेका थिए । सानै उमेर देखि गित संगीतमा रम्न चाहने दुर्गाबाबु पाठक २०६०/०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ्ग स्टारमा उकृष्ट दश भित्र समेत पर्न सफल भएका थिए । यस्तै चितवन मै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिस्टको उपाधी समेत हात पारेका थिए ।
आधुनिक संगीततर्फ विशेष रुचि राख्ने पाठक प्राय सबै प्रकारका गित गाउने दक्षता राख्दथे । उनले यसअघि ‘पंक्षी’ र ‘निद्रा लाग्दैन’ गरी दुईवटा एल्वम बजारमा ल्याईसकेका छन् । जसमा उनले चर्चित गायिका अन्जु पन्तसँग सयुंक्त स्वर दिएका छन् भने म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी तथा निता ढंुगानालाई देख्न सकिन्छ । उनले गाएका हजुरको देशमा, पलपल तिम्रो यादले, निद्रा लाग्दैन आदि गितका म्युजिक भिडियो यु-ट्युबमा समेत हेर्न सकिन्छ ।
२०६४ सालबाट सशस्त्र प्रहरी अधिकृत बनेका उनी आˆना साथीभाई माझ समेत उत्तीकै लोकपि्रय मानिन्थे । कडा प्रकृतिका तालिममा पनि आˆनो दुःख र थकानका बाबजुत थकित साथीहरुलाई मिठो गित गाएर उर्जा थप्ने कार्यमा पाठक कहिल्यै पछि परेनन् । संगठनमा समेत अत्यन्तै अनुशासीत, कर्तव्यनिष्ठ, पेशागत रुपमा दक्ष र जिम्मेवार अधिकृतका रुपमा गनिन्थे सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक ।
यसका साथै संगठनमा भविष्य बोकेका सहयोगी एवं सह्रदयी अधिकृतका रुपमा समेत परिचित थिए । फुटबल तथा क्रिकेटका समेत राम्रो खेलाडी उनी क्यारीकेचर गर्न, गितार बजाउन तथा अन्य क्रियाकलापमा समेत अब्बल मानिन्थे । उनले पंक्षी एल्वममा गायका शब्द जस्तै आˆना साथीभाई माझ भने मिठो सम्झना छोडेर गएका छन् । यि गितका हरफ जस्तै………
मरेर गए इश्वरको बरदान
बाचुञ्जेल नहोस् केही कमी
आजको मिलन भोलीको छुटन
सम्झना रहिरहोस् नौ जुनी
अल विदा सशस्त्र प्रहरी निरीक्षक एवं गायक दुर्गाबाबु पाठक
प्रतिक्रिया 4