+
+
Shares

अमेरिकाको परेड डे मा नेपाली समूहद्वारा झाँकी प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ७ गते २१:१७
Pared-in-us
अमेरिकाको एक ऎतिहासिक युसी डेभिस पिकनिक (परेड) डे २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल भन्ने सन्देशका साथ नेपाली मौलिक कला सस्कृतिको झाँकी प्रदर्शन गरेर विश्व सामू नेपाल र नेपालीको पहिचान गराए ।
 
१९०९ देखि बार्षिक रुपमा आयोजित उक्त युसी डेभिस महोत्सवमा सयौको संख्यामा विभिन्न संघसंस्था, ब्यावसाय र स्कुलका बिद्यार्थीहरुले आ-आफ्नो कला र प्रतिभाको झाँकी प्रदर्शन गरेका थिए भने करिब २ घन्टाको उक्त महोत्सव हेर्न हजारौंको संख्यामा दर्शकहरुको उपस्थिति थियो ।
बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्नियाका अध्यक्ष डा. किशोर शेरचन, उपाध्यक्ष चिनकाजी श्रेष्ठ र महासचिव सुनिल कर्णिकारको बिशेष सकृयतामा नेपालको तर्फबाट भाग लिएको उक्त महोत्सवमा बे-एरियाका संघसंस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको पनि सहभागी थियो । 
 
नेपाली समुहद्वारा नेपाली झन्डा, अमेरिकन झण्डा र शान्तिको झण्डा साथै गौतम बुद्धको तस्बिर भएको संस्थाको ब्यानर र लुम्बिनी नेपाललाई चिनाउने कार्डहरु बोकेर मौलिक नेपाली लाखेनाँच त्यस्तै मैलिक नेपाली भेषभूषामा सजिएर नेपालको कला संस्कृतिको झाँकी प्रदर्शन गर्ने क्रममा ठाउँ ठाउँमा ठुल्ठुल्ला बाटोभरि सजाएका स्पिकरबाट आदरपूर्ण भावले शाक्य मुनि बुद्धको ठाउँ नेपाल भनेर नेपाली समुहलाई चिनाउँदा श्रद्धाका तालीले नेपाल र गौतम बुद्धप्रति सम्मान गरेका थिए ।
 
नेपालका राष्ट्रिय विभूति गौतम बुद्ध र नेपालको कला संस्कृति नेपाललाई विश्व सामु स्थापित गर्ने एक ठुलो माध्यम हुन भन्ने प्रमाण उक्त युसी डेभिस महोत्सवले साबित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?