Comments Add Comment

आर्यनको दोहोरो अवतार, ‘होमवर्क’को टिजरलाई भनियो हाइब्रिड

aaryan-sigdel
नायक आर्यन सिग्देलले यदि कथावस्तु र भूमिका हेरेर चलचित्र गर्दिएको भए उनी राम्रो अभिनय गर्ने कलाकारको सूचीमा सधै नै अटाउथ्य । तर, आर्यनले पैसा आयो भन्दैमा जस्तो पायो त्यस्तै चलचित्रमा अभिनय गर्दिएपछि उनको क्रेज पनि घटेको छ । तर, कहिलेकाही आर्यनले अभिनय गरेका यस्ता पनि चलचित्र बजारमा आउँछन् जसले उनको वास्तविकता झल्काउछ ।

जेठ ७ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘होमवर्क’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रमा आर्यन दोहोरो भूमिकामा छन् । बाबु र छोराको भूमिकामा देखिएका आर्यनको अभिनय टिजरमै हेर्दा पनि वेजोड लाग्छ । पुरा चलचित्रबाट त उनले पक्कै पनि दर्शकको तारिफ पाउने विश्वास गर्न सकिन्छ । निर्माणपक्षले यो टिजरलाई हाइवि्रड भनेको छ ।

निरक पौडेलले निर्देशन गरेको यो चलचित्रले विद्यार्थी जीवन, शिक्षाको महत्वलाई झल्काउँछ । सही तरिकाले होमवर्क गरेको खण्डमा गन्तव्यमा पुग्न सकिन्छ भन्ने कथालाई यसले देखाउन खोजेको निर्देशक पौडेलले जानकारी दिए । एनएफडीसीको प्राविधिक सहकार्यमा गोपिकृष्ण मूभिजले निर्माण गरेको यो चलचित्रमा नम्रता श्रेष्ठ, गौरी मल्ल, विजय लामा पनि मुख्य भूमिकामा छन् । शिवम् अधिकारीको कथा, पुरुषोत्तम प्रधानको छायांकन चलचित्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment