+
+
Shares

खुँडा र पेट्रोल ल्याएर यात्रुबस माथि ढुंगामुढा, तीन जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते १५:३७

Arughat-Jhadap
८ वैशाख गोरखा । बुधबारदेखि सञ्चालनमा आएका नयाँ २ वटा यात्रुबस गोरखाको फिनाममा तोडफोड भएको छ । गोरखा यातायात व्यवसायी समितिसम्बद्ध समूहले अर्को यातायात प्रालिको यात्रुबसमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आरुघाटबाट सदरमुकाम गोरखा आउँदै गरेको आरुघाट यातायात प्रालिको बसहरुमा ढुंगामुढा प्रहार भएको हो । आरुघाट यातायात प्रालीले सो रुटमा आजदेखि नयाँ बस चलाएको थियो ।

कच्चीबाटोको रुटमा आफ्नो सिन्डिकेट तोडिएपछि गोरखा यातायात व्यवसायी समितिबाट परिचालित समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनामा एक प्रहरीसहित तीनजना यात्रु घाईते भएका छन् । घाइने हुनेमा एक महिला प्रहरी समेत छिन् ।

प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट आक्रमणका लागि ल्याइएको खुँडा र साढे २ लिटर पेट्रोल बरामद भएको प्रहरीले जानकारी दिएको छ । सुरेन्द्र कुँवर र रामहरि केसीले आरुघाटका प्रहरी इन्स्पेक्टर रविराज थपलियालाई २४ घन्टाभित्र हटाउने धम्की दिएका छन् ।

गोरखाका कच्ची सडकमा गोरखा यातायात व्यवसायी समितिको एकाधिकार तोड्दै आरुघाट यातायात समितिले सेवा सुरु गरेपछि त्यसको प्रतिकारमा गुण्डा परिचालन गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?