Comments Add Comment

सरकारले पूर्वका उद्योगी व्यवसायीलाई बेवास्ता गरेको गुनासो

८ वैशाख, ताप्लेजुङ । देशको आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्‍याएपनि उद्योगी ब्यवसायीलाई सरकारले बेवास्ता गरेको पूर्वका उद्योग व्यवसायीले गुनासो गरेका छन् ।

ilam-teaसरकारले तोकिएको समय र मापदण्डमा निरन्तर कर बुझाई देशको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्नमा उद्योगी व्यवसायी सक्रिय रहेपनि व्यवसायीको सुरक्षा, ब्यवसायको रक्षा र सरकारको तर्फबाट पाउने सुविधामा भने सरकारले कञ्जुस्याई गरेको उनिहरुले बताएका छन् ।

एमाले निकट नेपाल राष्ट्रिय बाणिव्य संघ ताप्लेजुङको प्रथम जिल्ला अधिबेसनलाई बुधबार सम्बोधन गर्दै उपस्थित पूर्वी नेपालका उद्योगी व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।

पूर्वको व्यवसायले देशको अर्थतन्त्रको पचास प्रतिशत भन्दा बढि हिसा ओगटे पनि पुर्वको अलैँची, अदुवा, अम्लिसो साथै होटल यातायात लगायत क्षेत्रको विकासमा सरकारले पर्‍याप्त लगानी नगर्दा ब्यवसायीको व्यवसाय धरापमा परेको उनीहरुले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय बाणिव्य संघका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल ईन्चार्ज उमेश पौडेलले बन्दहड्तालको समयमा पनि चुनौतिकाबीच निरन्तर व्यवसाय सञ्चालन गरी नागरीको सेवा तथा देशको अर्थतन्त्रमा टेवा पुर्‍याएपनि सरकार समक्ष आफूहरुले राखेको मागको सुनुवाई गर्न सरकार अग्रसर नबनेको आरोप लगाए ।

पुँजीवाद र समाजवादको मिश्रण नै एमालेको आर्थिक नीति र यहिनै अहिलेको आवस्यकता भए पनि आˆनै पाटिको नेतृत्वमा बनेको सरकारले पनि आर्थिक समाबेशितामा ख्याल नगर्दा उद्योगी मर्कामा परेको पौडेलले बताए ।

ताप्लेजुङको ओलाङ्चुङगोला नाका खोले पुर्वका व्यवसायीलाई अन्तरदेशीय व्यापार गर्न सहज हुने साथै व्यवसायीसँग लिने करमा केही छुट गरे व्यवसायीको व्यवसाय सुरक्षित हुने भन्दै उनीहरुले सरकाले ल्याउने योजनामा व्यवसायको मागलाई समेट्न समेत सरकारलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय बाणिव्य संघका केन्दि्रय उपाध्यक्ष तथा पुर्वाञ्चल इञ्चार्ज उमेश पौडेलसहित झापा, मोरङ, सुनसरीलगायत पुर्वका व्यवसायी तथा संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसैबीच आजै सम्पन्न नेपाल राष्ट्रिय बाणिज्य संघ ताप्लेजुङको प्रथम जिल्ला अधिबेसनले दिनेश अधिकारीको अध्यक्षतामा २१ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः राम कार्की, दावा शेर्पा, गणेश श्रेष्ठ, कमल लिम्बु र विकास गौतम चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment