Comments Add Comment

फेसबुकबाट २३ युवती ठग्ने जेल चलान

A man is silhouetted against a video screen with an Facebook logo as he poses with an Dell laptop in this photo illustration taken in the central Bosnian town of Zenica

१० वैशाख, काठमाडौं । फेसबुकबाट चिनजान गरी प्रेमकोनाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।  उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका अाजको नयाँ पत्रिकामा समाचार छ ।

आकस्मिक रुपमा पैसा आवस्यक परेको भन्दै रकम लिएर उनी वेपत्ता हुने गरेका थिए ।  उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए ।

जेल चलाउन भएका तामाङ पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए ।  तर, उनी पहिलेदेखि नै नामु ठग भएको प्रहरी अधिकारीहरु बताउँछन् । दुई वर्ष अघि युवाहरुलाई अफगानिस्तान पठाउने भन्दै ठगी मुद्दामा उनी छुटेका थिए ।

उनी सिफलनजिकै तीनतले घर भाडामा लिए बस्दै आएका थिए । घरमा एसीसमेत जडान गरेका थिए ।  महंगा फर्निचरहरुले सजाइएको उनको फ्ल्याट भीआपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment