१० वैशाख । कुनै दिन फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एउटै पार्टीमा थिए ।
उनिहरुको आन्दोलन र राजनीतिको एउटै एजण्डा थियो मधेश र थारुको हकहित सुनिश्चित गर्ने । तर पछिल्लो समय दुवै नेता एक-अर्काको अस्तित्व पनि स्वीकार्न चाहदैनन् ।
शुक्रबार मधेशी मोर्चा सहितका २७ राजनीतिक दलले आन्दोलनका कार्यक्रम घोषणकाा लागि आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यादवले गच्छदारमाथि प्रहार गर्न बाँकी राखेनन् । थरुहटको नेता भए पनि गच्छदार किन तपाईंहरुसँग हुनुहुन्न भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले भने, ‘विजय गच्छदार कुन थाहरुहटको नेता ? हामीले त उहाँलाई भौतिक मन्त्रालयका नेता भनेर मात्र चिनेका छौं ।’
अध्यक्ष यादवले गच्छदार थाहरुको नेता नभएको बताए । उनले भने, ‘थरुहटका एकसे एक मान्छे हामीसँग छन् । उनले कुन थहरुहटको लागि आन्दोलन गरे हामीलाई थाहा छैन ।’
प्रतिक्रिया 4