Comments Add Comment

मधेसी-पहाडी टुक्र्याउन खोज्नेहरु भारतीय दलालः भट्टराई

म र हिसिला विरुद्ध प्रमाण ल्याउनुस झुण्डिन तयार छौँ

Baburam bhattrai१० वैशाख, भैरहवा । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मुलुकबाट राजतन्त्रको अन्त्य र गणतन्त्र ल्याएका कारण आफुलाई भारत परस्तको आरोप लगाउने गरिएको दावी गरेका छन् ।

उनले कुर्सीको लागि दिल्ली धाउनेहरुको पर्दाफास गर्न निकै ढिलो भइसकेको बताउँदै देशमा मिलेर बसेका मधेसी, पहाडी र जनजातिलाई टुक्रायाउन खोज्नेहरु नै भारतीय दलाल भएको आरोप लगाए ।

‘अहिले मुलुकमा मिलेर बसेका जातजातिलाई जसले टुक्रायाउने खोजिरहेको छ तिनीहरु भारतीय दलाल हुन्’ नयाँ शक्ति रुपन्देहीद्धारा भैरहवामा आयोजित मधेस जागरण अभियान अन्तर्गत खुल्ला अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भटट्राईले भने ।

कार्यक्रममा उठेको जिज्ञासाको जवाफ दिदै उनले आफु र पत्नी हिसिला यमीमाथि लगाइएका विभिन्न आरोप आधारहीन भएको बताउँदै यदि त्यसको प्रमाण भए आफुहरु झुण्डीन तयार रहेको बताए ।

उनले मुलुकका मधेसी जनता राष्ट्रवादी भएको बताउँदै मधेसी जनताले नै देशको रक्षा गरेको दोहोर्‍याए । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका भटट्राईले आफ्नो देश भ्रमणबाट निस्केको निश्कर्ष पेश गर्दै सत्तामा पुरानै अनुहारलाई जनताले नरुचाएको बताए ।

उनले पहाडी सामुदायले मधेसी सामुदायलाई दोस्रो दर्जाका नागरिक ठानेर गल्ति गरिरहेको भन्दै देशको विकास र समृद्धिको लागि मुलुकका सबै जातजाति, सामुदायबीच एकता आवश्यक रहेको बताए ।

उनले देशका सम्पुर्ण नागरिकलाई सामान अधिकार नदिएसम्म द्धन्द्ध जारी रहने र देशको विकास हुन नसक्ने ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment