Comments Add Comment

सिरहाको आधा दर्जन गाविसमा खानेपानीको चरम अभाव

Kuwa-ko-pani११ वैशाख, लहान । बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको आधा दर्जन गाविसमा खानेपानीको चरम अभाव भएको छ ।

लामो समयदेखि वर्षा नभएकाले खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको गोविन्दपुर, बस्तीपुर, धनगढी गाविस–३ स्थित नैनपुरलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ ।

बस्तीमा रहेका खानेपानीको स्रोत रहेका ट्युबेल, धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता भएको स्थानीय जनताको भनाइ छ । नैनपुरमा रहेका अधिकांश खानेपानीको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको स्थानीय जनताले बताएका छन् ।

“गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन, गाउँमा रहेको चार वटा इनारमध्ये दुई वटा सुकिसकेको छ,” स्थानीय सञ्जित महतोले भने – “खानेपानीको समस्या भएपछि खानेपानीका लागि दुई किलोमिटरको अर्को बस्तीमा पुग्नुपर्ने बाध्यता छ ।” ट्युबेल जडानका लागि पटकपटक प्रयास गरिए पनि पानीको मुहान नभेटिएपछि इनारकै पानी खाँदै आएको उनको भनाइ छ।

क्षेत्री, बाहुन, महतो, साह, मुसहर र डोम जातिको करिब दुई सय घर बसोबास रहेको उक्त बस्तीमा पानीको स्रोतको रुपमा चार वटा इनार मात्र छन् ।

एउटा सार्वजनिक र तीन वटा निजी गरी चार वटा इनार रहे पनि पछिल्लो एक वर्षदेखि सार्वजनिक र दुई वटा निजी गरी तीन वटा इनार सुकेका छन् । बाँकी रहेको एउटा निजी इनारमा समेत पानी करिब सुक्न लागेपछि स्थानीय जनता चिन्तित बनेको स्थानीय योगीलाल साहले बताए ।

रामअवतार महतोको इनारमा करिब २०० परिवारले पालैपालो पानी थाप्ने गरेका छन् । त्यो इनारमा समेत पचास साठी फिटमुनि अलिअलि पानी आउने गरेको छ । साह भन्छन्  – “त्यो इनारको पानी पनि धमिलो आउने गरेको छ । त्यै पनि पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको छ ।”

नैनपुर बस्तीमा खानेपानीको चरम अभाव भएपछि केही महिनाअघि तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकसहितको सरकारी टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment