१२ वैशाख, काठमाडौं । लुइस स्वरेजले चार गोलगरेपछि बार्सिलोनाले स्पोटिङ गिजोनमाथि शानदारजित हात पारेको छ र फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले अन्तिम १० खेलमा सिमित स्पोटिङ गिजोनलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । बाँकी ५ गोल भने दोस्रो हाफमा भयो र खेलमा स्वरेज छाए ।
६३ औं मिनेटमा स्वरेजले गोल गरे । ७३ औं मिनेटमा रोबर्टो केनेलाले हृयाण्ड गरेपपछि बार्सिलोनाले पेनाल्टी पायो, जसमा स्वरेजले सहजै गोल गरे ।
४ मिनेटपछि नै बार्सिलोनाले अर्को पेनाल्टी पायो । नेयमारलाई लडाएपछि पाएको पेनाल्टीमा स्वरेजले नै गोल गरे र हृयाट्रिक पुरा गरे ।
खेलको ८४ औं मिनेटमा बार्सिलोनाले तेस्रो पेनाल्टी पायो, जसमा नेयमारले गोल गरे । र, बार्सिलोनालाई ५-० को अग्रता दिलाए ।
८८ औं मिनेटमा मेस्सीको पासमा स्वरेजले चौथो गोल गरे र बार्सिलोना ६-० ले विजयी भयो ।
जितपछि बार्सिलोनाको ३५ खेलबाट ८२ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मडि्रडको ८२ र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ८१ अंक छ ।
प्रतिक्रिया 4