१२ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगामा स्पोटिङ गिजोनमाथि ६-० को फराकिलोजित हात पार्दा लुइस स्वरेजले एक्लैले चार गोल गरे ।
यसँगै उनले पिचिचि अवार्डको दाबेदारीमा क्रिष्टियानो रोनाल्डोलाई उछिनेका छन् । पिचिचि अवार्ड ला लिगाको हरेक सिजनको सर्वाधिक गोलकर्तालाई दिइन्छ ।
शनिबार रियल मड्रिडले रायो भालेकानोलाई ३-२ ले हरायो । तर, रोनाल्डोले उक्त खेल मिस गरेका थिए ।
लगतै भएको अर्को खेलमा बार्सिलोनाका स्वरेज चम्किए । उनले दुई पेनाल्टीसहित चार गोल गरे । र, लगातार दुई खेलमा चार गोल गर्ने पहिलो खेलाडी पनि बिनेका छन् ।
ला लिगामा स्वरेजको गोल ३४ पुगेको छ । अब लिगमा तीन खेल खेल्न बाँकी छ र रोनाल्डोले ३१ गोल गरेका छन् र स्वरेज भन्दा तीन गोलले पछाडि परेका छन् ।
पिचिचि अवार्ड अहिलेसम्म रोनाल्डोले चार पटक जितेका छन् भने मेस्सीले तीन पटक जितेका छन् ।
यो अर्वाड सर्वाधिक ६ पटक एथ्लेटिको विल्बाओका लेजेन्ड टेल्मा जाराले जितेका छन् ।
प्रतिक्रिया 4