Comments Add Comment

अधिकांश ड्राइभिङ सेन्टर नियमविपरीत

driving center१४ बैशाख, चितवन । चितवनमा सञ्चालित अधिकांश ड्राइभिङ सेन्टरहरु नियमविपरीत सञ्चालन भइरहेको फेला परेका छन् ।  जसमध्ये मापदण्ड विपरित, विना नविकरण र दर्ता नभएका धेरै रहेकोे पाईएको हो ।

त्यस्तै प्रशिक्षण दिने प्रशिक्षकको सवारी चालक अनुमतिपत्र नभएको, अनुभवी नभएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनअनुसार यातायात व्यवस्था विभागमा दर्ता गरेर मात्रै सञ्चालन गर्न पाउने कानुनी प्रावधान भए पनि यस्ता ड्राइभिङ सेन्टरहरु विभागमा दर्ता नगरी गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको  छ । कतिपय नविकरण नै गरेका छैनन् ।

चितवनमा रहेका ड्राइभिङ सेन्टरका संञ्चालकहरुलाई सवारी दुर्घटना र सवारी आवत जावतमा सहजता पुर्‍याउने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय चितवनले आयोजना गरेको सचेतना कार्यक्रममा सञ्चालकहरुले नै जिल्लाका केहि बाहेक धेरैले नविकरण नगरेको, विर्ना दर्ता र मापदण्ड पुरा नगरेको बताएका हुन् ।

चितवनमा हाल संञ्चालमा रहेका ड्राईभिङ् सेन्टरहरु मध्ये १९ वटाले मात्र ईजाजत प्राप्त गरेका छन् भने लगभग १० वटाले विना ईजाजत संञ्चालन गरीरहेका छन् ।

‘खोज्दै जाने हो भने आधा जिल्लामा सञ्चालति आधा भन्द बढी मुस्किलले दर्ता भएका होलान्’ पूर्वी चितवनको रत्ननगरस्थित एक एक ड्राइभिङ सेन्टरका सञ्चालकले भने, ‘भनौं भने साथीहरुको विरोध गरेजस्तो हुन्छ । पूर्वी चितवनमा मैले नै जानेको ३ वटा भन्दा बढी विना दर्ता छन् भने जिल्लाका धेरै नविकरण गरेका छैनन् ।’

चितवनमा ३ दर्जन बढी ड्राइभिङ सेन्टर सञ्चालनमा रहेको भए पनि आधाभन्दा बढी दर्ता नभई चलिरहेको उनको दाबी छ ।  यस्तै भरतपुरमा सञ्चालित एक ड्राइभिङ सेन्टरका सञ्चालकले पनि आनलाईन खबरसगं यस्तै प्रतिक्रिया दिए । ‘ के गर्ने आफ्नै व्यवसायको विरोध गर्नु उचित नभए कुरा सही हो’, नामा भनौ भने विरोधी भनेर व्यवसायी साथीहरुबाटै अप्ठारोमा परिन्छ-उनले भने भरतपुरमा नै सञ्चालन भएका ३ वटा भन्दा बढीको आफ्नै प्रशिक्षण गर्ने जग्गा छैन् ।

सावारी चालकलाई प्रशिक्षण अनिर्वाय रुपमा ४ विघा जग्गा उपलब्ध हुनुपर्ने प्रावाधान छ- जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजन भेटवालले भने । राम्रोसगं प्रशिक्षण नभएकै कारण दुर्घटना बढेको हो । जिल्लामा सुवारी दुर्घटना कमी गराउन हामी यसरी ड्राइभिङ सेन्टर सञ्चालकलाई लिएर आएर छलफल गरि समस्या हल गर्ने प्रयास गरेको स्पष्ट पारे ।

लर्निङ्ग लाईसेन्सकोे विमा गर्न माग

यसैविच अन्र्तक्रियामा सहभागी चितवनका ड्राईभिङ् सेन्टरका संञ्चालकहरु लर्निङ्ग लाईसेन्स भएका चालकहरुको विमा नहुदां आफूहरु समस्या परेको गुनासो गरे ।  दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै उनीहरुले सावारी प्रशिक्षणका लागि हरेक जिल्लामा ४ वटा बढी ठाउंहरु उपलब्ध गराउन माग पनि गरे ।

पछिल्लो समयमा चालकहरुले सवारी चालक अनुमति पत्र विना सवारी चलाउने गरेकाले वढि मात्रामा समस्या आएको ड्राईभिङ् सेन्टरका संञ्चालकहरुले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यहां आयोजना गरेको अन्र्तक्रिया बोल्दै यस्तो गुनासो गरेका हुन् ।

यहां जग्गा महगो छ,राज्यले ४ विद्या जग्गा चाहिन्छ भन्छ, जग्गा पाहुननै मुस्किल छ, भने पाए पनि महगो छ कुमार ड्राईभिङ् सेन्टरका संञ्चालक राजाराम परियारले गुनासो पाखे राज्यले पनि हामीलाई सुविधा दिनुपर्‍यो नि ?

चितवनमा हुने गरेका सवारी दुर्घटनलाई मध्ये नजर गर्दै कार्यालयले विभिन्न क्षेत्रमा रहेका व्याक्तिहरुलाई सचेतना गराउने क्रममा संञ्चालकहरुलाई पनि सचेत गराएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटुवालले जानकारी दिए ।

विना ईजाजत संञ्चालनमा आएका सेन्टरहरुलाई जिल्ला ट्राफिक कार्यालय चितवनले छिटो भन्दा छिटो ईजाजत लिन आग्रह समेत गरे ।

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १५९ मा सवारी प्रशिक्षण केन्द्र, मर्मत केन्द्र तथा सबै किसिमको सवारीसाधनको बढी निर्माण गर्न चाहने व्यक्ति र्फम, कम्पनी वा संस्थाले विभागमा दर्ता गर्नुपर्ने उल्लेख छ ।

तर, विभागका निर्देशक एवम् प्रवक्ता वसन्त अधिकारीले भने सानो तथा घरेलु उद्योग वा कम्पनी रजिष्ट्रारको कम्पनीमा दर्ता गरी प्यान नम्बर लिएर विभागमा दर्ता गरेपश्चात् मात्रै यस्ता प्रशिक्षण केनद्र सञ्चालन गर्न योग्य हुने बताए ।

विभागका अनुसार देशभर सवारी मर्मत केन्द्र तथा प्रशिक्षण केन्द्र गरी ११ सयको हाराहारीमा सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment