Comments Add Comment

दर्ता नै नभएका मासु पसल सञ्चालनमा

meat-dirty
१४ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा व्यवसाय दर्ता नगरिकन मासु पसल सञ्चालन गरेको पाइएको छ ।

नगरपालिकाले आज गरेको स्थलगत अवलोकनको क्रममा व्यवसायीले दूषित मासु बिक्रीवितरण गर्ने गरेको, मासु काट्ने हतियार र फ्रिजको सरसफाइमा ध्यान नदिने गरेको पाइएको हो ।

नगरपालिकाका गुर्जुधारा, थानकोट, चेकपोस्टलगायतका स्थानमा सात दिनभित्र व्यवासाय दर्ता गर्न र १५ दिनभित्र सरसफाइका सबै उपाय अवलम्बन गर्न सम्बन्धितलाई निर्देशन दिइएको कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।

यस्तै मासु पसलमा तौल गर्ने मेसिन समेत चुस्त दुरुस्त अवस्थामा नपाइएको नगरपालिकाले जनाएको छ । “तत्काल गल्ती सच्याउन आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ” उनले भने ।

व्यवसाय दर्ता नगरिकन पसल सञ्चालन गरे ५०० देखि १५ हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment