Comments Add Comment

बलात्कारमा संलग्नलाई नक्कली कागजपत्र बनाउने डाक्टर काममा खटिए

Doctor१५ वैशाख, काठमाडौं । बलात्कारमा संलग्न व्यक्तिलाई निर्दोष सावित गर्न अस्पतालबाट डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको अभियोगमा पक्राउ गरी धरौटीमा छुटेका वीर अस्पतालका दुई कर्मचारी धमाधम हाजिर गर्दै काममा खटिएको पाइएको छ ।

बलात्कारमा संलग्न सिन्धुपाल्चोक मानेस्वाँराका उद्धवप्रसाद नेपाललाई निर्दोष सावित गर्न ५० हजार रुपैयाँ लिएर अस्पतालमा भर्ना र डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको आरोप लागेका लक्ष्मणप्रसाद अर्याल र कृष्णप्रसाद तिमल्सिनाले एक महिनादेखि हाजिर गरेर काम थालेका आजको अन्नपूर्णमा समाचार छ ।

नियमअनुसार अदालतमा मुद्दा चलिरहेको र धरौटीमा छुटेका कुनै पनि व्यक्तिलाई मुद्दाको किनारा नलागेसम्म निलम्बन गर्नुपर्छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल कर्मचारी नियमावली, निजामती कर्मचारी ऐन, अदालतथ बन्दोबस्ती नियमावलीविपरीत गम्भीर प्रकृतिको मुद्दामा धरौटीमा छुटेका कर्मचारीलाई काम गर्ने अधिकारी छैन ।

वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितको सहमतिविपरीत चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले उनीहरुलाई हाजीर गर्न लगाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment