Comments Add Comment

यी हुन् गर्लफ्रेण्डसँगै महिनावारी हुने युवक !

georgeरजश्वला अर्थात् मासिक चक्र महिलामा मात्र हुन्छ । रजश्वलाका बेला कतिपय महिलालाई पेट दुख्ने लगायतका समस्या देखा पर्दछन् । तर रजश्वलाको पीडा केवल महिलामा मात्र होइन पुरुषमा पनि हुँदोरहेछ ।

सायद हरेक महिना रजश्वला हुने महिलालाई जस्तो दुखाई सहनुपर्ने पुरुषको बारेमा अहिलेसम्म सुनिएको थिएन । बेलायतका जर्ज फेलोज नामका २२ वर्षीय युवकले आफुलाई मासिक रुपमा रजश्वलाको पीडा महसुस हुने गरेको बताएका छन् ।

आफ्नी गर्लफ्रेण्ड एमबर मे एलिससँग लिभिंग टुगेदरमा छन् फेलोज । जब एलिस रजश्वला हुन्छिन् र उनलाई तल्लो पेट दुख्न थाल्दछ तब फेलोजलाई पनि साँच्चीकै पेट दुख्दछ ।

पछिल्लो ३ वर्षदेखि उनलाई महिनावारी रुपमा यस्तै हुने गरेको छ । गर्लफ्रेण्ड रजश्वला भएका बेला आफ्नो पनि तल्लो पेट तथा गुप्तांग लगायतका क्षेत्रमा दुखाइ महसुस हुने गरेको उनी बताउँछन् ।

दुखाइ कहिलेकाहीँ यति बढि हुन्छ की उनले कलेज विदा लिएर घरमै बस्नुपर्छ ।  उनलाई गर्भवती भएकी महिलामा जस्तै मूडमा परिवर्तन हुने, सरीरमा चिडचिडाहट उत्पन्न हुने तथा रिस उठ्ने जस्ता अनुभुति पैदा हुने उनी बताउँछन् ।

आफु रक्तश्राव विना मासिक रुपमा रजश्वला हुने गरेको उनको दाबी छ ।  उनले आफ्नो समस्याका बारेमा डाक्टरहरुलाई पनि बताए तर डाक्टरहरुले यो वास्तविक शारीरिक समस्या नभएको र मनोवैज्ञानिक समस्या भएकाले उपचार नभएको बताए ।  डाक्टरहरुका अनुसार उनमा त्यो वास्तविक रजश्वलाको पीडा होइन । आफ्नी गर्लफ्रेण्ड निकै आत्मीय सम्बन्ध तथा समर्पण भएका कारण प्रेमिकालाई पीडा हुँदा उनलाई पनि त्यस्तै महसुस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment