+
+

जिरीको चिया विदेशी बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते ११:३६

tea_jiri१५ वैशाख, जिरी । जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको पाँच वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा एक हजार २०० किलोग्राम चिया निर्यात हुँदा विदेशी मुद्रा जिरी भित्रने गरेको हो । जिरी टी डेभलपमेन्ट कम्पनीले उत्पादन गरेको चिया हाल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको कम्पनीका सेयर सदस्य मिठाबहादुर जिरेलले बताए ।

जिरेलका अनुसार हाल स्विजरल्यान्ड, जर्मन, अमेरिका, स्पेन लगायतका देशमा जिरीको चिया निर्यात हुने गरेको छ । मासिक रुपमा हाल ४०० किलो चिया विदेशी बजारतर्पm पठाउँदा वार्षिक १४ लाख ४० हजार रुपैयाँ विदेशी मुद्रा जिरीमा भित्रने गर्दछ ।

कम्पनीले चिया सिधै विदेशी बजारमा नपु¥याई एजेन्टमार्पmत विदेशी बजारमा चियालाई निर्यात गदै आएको छ । जिरीमा भित्रिने गरेको मूल्य विदेशी बजारको मूल्य नभई कम्पनीको मूल्यअनुसार प्रतिकेजी एक हजार २०० रुपैयाँको दरले हुन आउने रकम हो ।

एजेन्टले कम्पनीको मूल्यभन्दा केही बढीमा विदेशी बजारमा पठाउने हुनाले अझ बढी नै विदेशी मुद्रा जिरी भित्रिने गर्दछ । तर चियालाई विदेशी बजारसम्म लैजाने एजेन्टमार्पmत कति भित्रन्छ भन्ने यकिन भने छैन ।

जिरेलका अनुसार वार्षिक एक हजार ६०० किलो चिया जिरीमा उत्पादन हुने गर्दछ जसअन्तर्गत एक हजार दुई किलो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ भने बाँकी जिरी र राजधानी लगायतका बजारमा प्रयोग गरिन्छ ।

जिरी नगरपालिका–७, कलङको ६०० रोपनी क्षेत्रफल र जिरी नपा–४ रातमाटेमा १५० रोपनी क्षेत्रफलमा लगाइएको चिया खेती शुद्ध अर्गानिक भएको कारण विदेशी बजारमा लोकप्रिय बन्दै गएको हो । जिरीमा नै उत्पादन गरिएको जिरी टीमा कुनै पनि रासायनिक पदार्थ मिसावट नहुने कारण जिरीको चिया अत्यन्त मीठो र शरीरका लागि लाभदायक हुने कम्पनीका अर्का सेयर सदस्य नुर्वु शेर्पाको दाबी छ ।

शेर्पाका अनुसार जिरी टीको माग बढेपनि मागअनुसार चिया उत्पादन गर्न सकिएको छैन । “माग धान्न कठिन छ, माग भएजति उत्पादन गर्न सकिएको छैन । जिरीको चियाको बजार अत्यन्त राम्रो छ”, शेर्पाले बताए ।

जिरीमा अन्य कुनै पनि सङ्घसंस्था वा व्यक्तिले उत्पादन गरेको चिया कम्पनीको मापदण्डअनुसार भए कम्पनीले खरिद गर्र्न सक्ने शेर्पाले बताएका छन् । चिया खेतीलाई कृषकले व्यावसायिक रुपमा गर्न सके यसको बजार राम्रो रहेकाले कुनै घाटा नहुने शेर्पाको धारणा छ । तर चिया खेती गर्दा विशुद्ध अर्गानिक हुनु जरुरी रहेको उनको भनाइ छ ।

हाल कम्पनीले चारजना स्थानीयवासीलाई रोजगार दिएको छ भने चियाको याममा करारमा स्थानीयवासीलाई कामदारका रुपमा प्रयोग गर्ने गरेको छ । जिरीको चिया जिरी बजारमा रहेका ठूला होटलले बढी प्रयोग गर्ने गरेका छन् भने राजधानीमा पनि यसको माग बढ्दै गएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?