News Summary
Generated by OK AI. Editorially reviewed.- आइरनको कमी भएका व्यक्ति, गर्भवती तथा स्तनपान गराइरहेकी महिला र ग्यास्ट्राइटिसको समस्या भएकाहरूले खाना खाएको तुरुन्तै चिया पिउनु हुँदैन।
खानेकुरा खानेबित्तिकै चिया चाहिने बानि तपाईंहरू मध्ये धेरैमा हुन सक्छ । टन्न खाना, खाजा खाए पनि चिया निपउँदासम्म धित नै नमर्ने वा खाए जस्तै नलाग्ने बानी धेरैको हुन्छ ।
अझ चियाले खानेकुरा छिटो पचाउँछ भन्ने सोचाइ पनि धेरै को हुन्छ । तर के यो बानी सही छ त ?
खाना खाएपछि तुरुन्तै चिया पिउनु सधैं शरीरका लागि फाइदाजनक हुँदैन ।
खाना खाएपछि तुरुन्तै चिया किन पिउनु हुँदैन ?
चियामा ट्यानिन र क्याफिन जस्ता यौगिकहरू हुन्छन् । ट्यानिनले खानाबाट आइरनको अवशोषणलाई कम गर्न सक्छ, विशेष गरी बोटबिरुवाबाट पाइन नन-हेम आइरनको शोषणलाई कम गर्छ ।
यदि यो बानी लामो समयसम्म रह्यो भने, यसले केही मानिसहरूमा आइरनको कमीको जोखिम बढाउन सक्छ । यसबाहेक, चियामा रहेको क्याफिनले केही मानिसहरूमा एसिडिटी, ग्यास वा पेटमा भारीपनको अनुभूति पनि बढाउन सक्छ ।
खाना खाएपछि कति समयसम्म चिया नपिउने ?
खानेकुरा खाएपछि कम्तीमा ४५ मिनेटदेखि १ घण्टासम्म चिया निपउनु राम्रो हुन्छ । यस समयमा, शरीरले खाना पचाउन थाल्छ र यसको पोषक तत्वहरू खानाबाट निस्कन थाल्छ।
कस्ता व्यक्तिले सावधानी अपनाउनुपर्छ ?
-आइरनको कमी भएका व्यक्ति
-गर्भावस्था जटिलताहरू भएका व्यक्ति
-स्तनपान गरारहेकी आमा
-एसिडिटी वा ग्यास्ट्राइटिसको समस्या भएका व्यक्ति
के खाने बित्तिकै ग्रीन टी पनि खान नहुने हो ?
ग्रीन टीमा ट्यानिन पनि हुन्छ, त्यसैले खाना खाएपछि तुरुन्तै नभई निश्चित समय पछि पिउनु राम्रो हुन्छ ।
यदि तपाईंलाई चिया पिउन छोड्न गाह्रो भयो भने गर्ने ?
यदि तपाईंलाई खाना खानेबित्तिकै चिया नभइ हुँदैन र उल्कै तलतल लाग्छ भने चिया पिउने समय बिस्तारै लम्ब्याउँदै जानुहोस् । हरेक दिन १०-१५ मिनेटका दरले समय बढाउँदै जाँदा केही साता तथा महिना दिनमा समय पर सर्दै जान्छ । पछि खाना खाएको ४५ मिनेट १ घण्टा वा त्यो भन्दा पछि चिया पिउने बानी बसिसकेको हुन्छ ।
चियामा खाली चिया मात्रै नभएर कागती अथवा भिटामिन सी युक्त खानेकुराहरू मिसाएर सेवन गर्यो भने यसले खानेकुराबाट आइरन अवशोषण गर्दा मद्दत गर्छ ।
प्रतिक्रिया 4