+
+
Shares

छोराको कुटाइबाट ८० वर्षे बुबाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते १७:३४

१५ वैशाख, भोजपुर । भोजपुरको बोया गाविसमा घरायसी विवाद हुँदा एक व्यक्तिले आफ्ना ८० वर्षका पितालाई कुटपिट गरेका छन् । छोराले पिटेको तीन दिनपछि वृद्धको निधन भएको छ ।

Death-body
फाइल तस्वीर

घरायसी विवाद परेपछि बोया-५ निवासी प्रल्हाद खत्रीले सोमबार आफ्ना ८० वर्षे बुवालाई कुटेका थिए । छोराको कुटाइबाट ८० वर्षीय गणेशबहादुर खत्री घाइते बनेका थिए ।

उनलाई उपचारका लागि स्थानीय क्लिनिकमा लगिएको थियो । उपचारकै क्रममा स्थानीय क्लिनिकमा बुधबार बिहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

कुटपिटमा संलग्न खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?