+
+
Shares

भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै चार प्रहरी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते ९:२५

१६ वैशाख, कञ्चनपुर । डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटनामा लापर्वाही गरेको भन्दै पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

Nepal-Police-Logoप्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवानलाई जिल्ला फिर्ता बोलाइएको हो ।

प्रहरी नायब उपरीक्षक केदार खनालले  भने “चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएका छौँ” । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?