१६ बैशाख, पोखरा । नेपाल पर्यटन बोर्डको आयोजनामा शुक्रबार पोखरामा नेपाल स्पोर्टस फिल्म फेष्टिवल हुने भएको छ ।
फेष्टिवलमा नेपालका चारवटा खेलकुद वृत्तचित्र प्रदर्शन गरिने आयोजक नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
फेष्टिवलमा ‘टिम नेपाल’, ‘आकाश’, ‘सुनकली’ र ‘वियोन्ड दि बाउण्ड्री’ प्रदर्शन गरिने पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिए । बीरगञ्जमा स्थानीय फुटवल टिमको गतिविधि र संघर्षमा आधारित ‘टिम नेपाल’ खेल पत्रकार गिरिश गिरीले निर्माण हुन् भने बिजय गजमेरले निर्माण गरेको ‘आकाश’ एउटा फुटवल फ्यानको सपनामा आधारित वृत्तचित्र हो ।
त्यस्तै, मुगुमा स्थानीय महिला फुटवल टिम च्याम्पियन बन्दा सम्मको गतिविधिलाई समेटेर बनाइएको ‘सुनकली’ भोजराज भाटले निर्माण गरेका हुन् । क्रिकेटर शरद भेषावकर र राहुल विकको राष्ट्रिय टिममा पुनरागमनको विषयमा निर्माण गरिएको ‘वियोन्ड दि बाउण्ड्री’ सूर्य थपलियाले निर्माण गरेको वृत्तचित्र हो ।
वृत्तचित्र प्रदर्शनपछि वृत्तचित्र निर्माण सम्बन्धि वर्कसप पनि सञ्चालन गरिने बरिष्ठ अधिकृत थपलियाले जानकारी दिए । वृत्तचित्र के हो ? कसरी बन्छ ? र यसको उपादेयता के हो ? भन्ने बारेमा बुझाएर यसको निर्माणमा मानिसलाई आकर्षित गर्न फेष्टिवल आयोजना गरिएको उनले प्रष्ट्याए ।
प्रतिक्रिया 4