+
+

गोंगबुमा १८ वर्षीय युवकको हत्या गर्ने गधौली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते १७:४६

१६ वैशाख, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले झण्डै तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दाङसिंङ गाविस ७ घर भएका २३ वर्षीय रमेश गधौली छन् ।

Ramesh-Gadhauliहाल टोखामा बस्दै आएका गधौलीलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार गोंगबुको गणेशथानबाट पक्राउ गरेको हो ।

उनले धादिङको तिप्लिङ गाविस ५ घर भइ काठमाडौंको गोंगबु- ३ बस्ने १८ वर्षीय युयन तामाङलाई गत ०७० साल कात्तिक १९ गते बानियाँटारमा ईंटा र ढुंगा प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि उनी फरार थिए । पक्राउ परेका गधौलीलाई महानगरीय प्रहरी परिसर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?