नेपाली लेखक संको छैठौ केन्दि्रय अधिबेशन शनिबारबाट राजधानीमा शुरु हुँदैछ । २ दिनसम्म सचालन हुने अधिवेशनमा देशभरका करिब ४० जिल्लाबाट केन्द्रिय प्रतिनिधि तथा लेखकहरु काठमाडौंमा भेला भएका छन् ।
अधिवेशनको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा बरिष्ठ साहित्यकार बैरागी काँइलाले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाली लेखक संघका केन्दि्रय अध्यक्ष बिष्णु विभु घिमिरेले जानकारी दिए ।
अधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ । राजधानीको पद्मकन्या क्याम्पसमा हुने कार्यक्रमका लागि देशभरका साहित्यकार, लेखक, प्राध्यापक तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधिको उपस्थिति छ ।
३ बर्षे कार्यकालका लागि अहिलेसम्म अध्यक्षमा डा. नवराज लम्साल र बियोगी बुढाथोकीको नाम चर्चामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4