+
+
Shares

चिनी उद्योगबाट चाँडै बिजुली

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते ६:४४

Mahalaxmi-sugars-mill२० वैशाख, काठमाडौं । सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ ।

बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्ताव मागेको आजको कारोबार दैनिकले जनाएको छ । विभागले १५ दिनभित्र प्रस्ताव पेश गर्न उद्योगीलाई भनेको छ ।

क्रसिङको समयमा उखुको बोक्रा (बगास) बाट उत्पादन हुने विद्युत आपूर्तिका लागि सरकारले चिनी उद्योगसँग आवेदन माग गरेको हो । यो वर्ष उद्योगले उखु क्रसिङ गरिसकेकाले आगामी आर्थिक वर्षदेखि चिनी उद्योगबाट विद्युत प्राधिकरणले बिजुली खरिद गर्नेछ ।

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजनामा चिनी उद्योगको बगासबाट उत्पादन हुने बिजुली खरिद गर्ने व्यवस्था गरिएपछि विभागले प्रस्ताव आहृवान गरेको हो ।  उत्पादित बिजुली तीनमहिनाभित्र प्रचलित दर -प्रतियुनिट ८.४ रुपैयाँ)मा खरिद गर्ने व्यवस्था कार्ययोजनामा छ ।

उद्योगीलाई बिजुली बेचर थप आम्दानी गर्ने अवसर मिलेको छ । चिनी उद्योगबाट वार्षीक २६ करोड युनिट बिजुली आपूर्ति हुने उद्योगले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?