
कुनै समयकी हट नायिका सुष्मा कार्की अहिले सफ्ट बनेकी छिन् । सुष्मालाई आइटम गीतमा लिनेहरु अहिले हराएका छन् । हुनत, अहिले नेपाली चलचित्रमा आइटम क्रेज पनि खासै छैन ।
उनै सुष्मा कार्की अहिले घरमै समय बिताइरहेकी छिन् । सुष्मालाई चलचित्रको अफरको ओइरो छैन । उनी भन्छिन्-‘२ वटा चलचित्रको अफर आएको थियो, तर काम गरिन । अहिले घरमै दिन बिताइरहेकी छु ।’
सुष्माका अनुसार उनले काम नगर्नुको कारण भूमिका चित्त नवुझेर हो । उही धनी बाउकी छोरीको भूमिका नै आएपछि सुष्मालाई पनि काम गर्न मन लागेन । उनले केही चलचित्रमा धनी बाउकी छोरीको भूमिका निर्वाहा गरिसकेकी छिन् ।
सुष्माले अभिनय गरेको पछिल्लो चलचित्र ‘चलेस बतास सुस्तरी’ नराम्रोसँग चिप्लिएपछि उनको व्यस्तता घटेको हो । सायद, अब सुष्मा गतिलो भूमिकाको प्रतिक्षामा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4