+
+
Shares

मुस्ताङका नापी अधिकृत भन्छन्- अब अकाशतिर हेर्नुपर्दैन !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते १७:०९

Mustang-Napi

२१ वैशाख, मुस्ताङ । अन्य सुगम जिल्लामा जस्तै अब मुस्ताङका बासिन्दाले पनि अब नापी कार्यालयमा जग्गाको नक्शा निकाल्न जाँदा अकाशतिर फर्केर घाम हेर्नु नपर्ने भएको छ ।

नापी कार्यालय मुस्ताङले नयाँ वर्षदेखि कम्प्युटर प्रणालीबाट सेवा प्रवाहको सुरुवात गरेको छ।

कोरला नाका खोल्ने चर्चासँगै मुस्ताङमा जग्गाको कारोबार पनि बढ्दै गएको अवस्थामा छिटो छरितो र पारदर्शी सेवा प्रवाहका लागि नाप नक्सांकन गर्ने कम्प्युटर सफ्टवेरको प्रयोग गरी सेवा सुचारु गरिएको नापी कार्यालयका अधिकृत खिमलाल गौतमले बताए ।

अब कम्प्युटरबाट नै कित्ताकाट, नक्सा ट्रेश तथा नक्सा प्रिन्ट गरेर जनतामा सेवा प्रवाह गर्दा मानवीय त्रुटिबाट पनि जोगिन सकिने गौतम बताउँछन् ।

डिजिटल प्रविधिको सुरुवातसँगै जनताले प्रतिकुल मौसमका बाबजुत पनि समयमा नै नक्सा प्रिट प्राप्त  गर्न सक्नेछन्।

यसभन्दा अगाडि जग्गाको नक्सा  प्राप्त गर्न एमोनिया प्रिन्टको भर पर्ने स्थिति थियो। जुन प्रकृयाबाट नक्सा निकाल्दा नक्सालाई एमोनिया पेपरसँग केही समय घाममा देखाएर एमोनिया ग्यास बक्समा ३० मिनेट जति राख्नुपर्ने हुन्थ्यो।

अहिलेको २१ औ शताब्दीमा समेत यदि घाम नलागेको दिन सेवा ग्राही आफ्नो जग्गाको नक्सा लिन नपाउनु र आकाशतिर हेरेर भोलि आउनु भन्नु पर्ने स्थिति छ, गौतमले भने, अब डिजिटल प्रबिधिमा गएर सेवा सुचारु गरेदेखि मुस्ताङमा यो समस्या सदाका लागि अन्त्य भएको छ र ब्ल्यु प्रिन्ट नक्सामा कित्ता नं नबुझिने लगायतका समस्याहरुको दीर्धकालीन समाधान भएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त शुभारम्भ कार्यक्रममा मुस्ताङ्गका स्थानीय विकास अधिकारी हरिप्रसाद बास्तोलाका साथै मालपोत र नापीसँग सरोकार राख्ने कर्मचारीहरु एवं बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु र सेवाग्राहीहरुको उपस्थिति थियो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सेवा प्रवाहको शुभारम्भ गर्दै भने, अब सरकारी कार्यालयहरुले पनि प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्नुपर्दछ, जसले गर्दा जनताले समयमा नै गुणस्तरीय सेवा प्राप्त गर्न सकून्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?