Comments Add Comment

अनुहारमा दाग छैन ? त्यसोभए नेपाल एयरलाइन्समा जागिरका लागि अावेदन दिनोस्

nepal-arilaince२२ बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले ३२ जना कर्मचारीको माग गर्दै अावेदन खुलाएको छ ।  १६ जना विमान परिचारिका(एयर होस्टेज)  र १६ जना  विमान परिचारक(क्याबिन क्रु) का लागि निगमनले बुधबार सार्वजानि सूचना नै प्रकाशित गरेर अावेदन खुल्ला गरेको हो ।

इच्छुक अावेदकले १ हजार रुपैंयाँ दस्तुर तिरेर निगमको केन्द्रिय कार्यालयमा १५ दिनभित्र अावाेदन फारम बुझाउनु पर्नेछ ।

के के छन् योग्यता ?

निगकमले खुलाएको यो जागिरका लागि प्लस टु उतिर्ण गरेका १६ देखि २५ बर्ष उमेर समुहका युवा युवतीले आवेदन दिन सक्ने छन् । निगमनले जागिरका लागि केही योग्यता पनि सार्वजानिक गरेको छ, जसअनुसार विमान परिचारक र परिचारिकाका लागि निगमले उचाइको योग्यता समेत तोकेको छ ।

परिचारकको उचाई न्युनतम ५ फिट ६ इञ्च हुनुपर्नेछ भने परिचारिकाको उचाई ५ फिट २ इञ्च हुनु पर्नेछ । त्यस्तै, अनुहारमा दाग नभएका र युनिफर्म लगाउँदा देखिने  भागमा ट्याटु तथा खत नभएकाहरुले प्राथमिकता पाउने निगमले जनाएकाे छ ।

व्यक्तित्व परिक्षण, लिखित परिक्षा, शारिरिक तथा स्वास्थ्य परिक्षण र अन्तवार्ता बिधिद्धारा छनोट गरिने निगमले जनाएको छ । छनाेटमा परेकाहरुलाई ट्रेनी विमान परिचारक÷परिचारिकाको तालिममा सहभागी गराइनेछ र सो तालिममा सहभागी भई नागरिक उड्डयन प्राधिकरणको परिक्षा पास गर्नेहरुलाई पाँच बर्षका लागि जागिर उपलब्ध दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment