+

उपहार गोलमा रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२०७३ वैशाख  २३ गते ७:४१ २०७३ वैशाख २३ गते ७:४१
उपहार गोलमा रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

bale२३ वैशाख, काठमाडौं । उपहार गोलको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएका दोस्रो लेगमा रियल मड्रिडले म्यानचेष्टर सिटीलाई १-० ले हरायो । र, पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा १-० को जितका साथ उपाधि नजिक पुगेको छ ।

रियल मडि्रडको घरेलु मैदान बेर्नाबेउमा भएको खेलमा म्यानचेष्टर सिटीका फर्नाडिन्होले आत्मघाती गोल गरेका थिए । ग्यारेथ बलको क्रसमा फर्नाडिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगे । योसँगै सिटीको आश समाप्त भयो ।

रियल मड्रिडलाई फेरि गोलरहित बराबरीमा रोक्न सकेको भए अवे गोलका आधारमा सिटी फाइनलमा पुग्ने थियो ।  यद्यपि खेेलमा रियल मडि्रड हावी भएको थियो । बेलको प्रहार बारमा लागेर फर्किएको थियो भने लुका मोडरिक र रोनाल्डोको प्रहार सिटीको गोल किपर जोए हार्टले रोखेका थिए ।

अब उपाधिका लागि रियल मड्रिडले घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।

च्याम्पियन्स लिग म्यानचेष्टर सिटी रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय