२३ वैशाख, काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
विहान साढे पाँच बजे बाटो पार गर्दै गरेकी महिलालाई ना ५ ख २६१८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ठक्करबाट घाइते महिललाइ उपचारको लागि सिविल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।
ज्यान गुमाउने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरका चालक भने फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4