+
+
Shares

साउदीको अलनिमा बैंकको इरसलबाट पनि ‘आइएमई’ गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २४ गते १६:२१

२४ वैशाख, काठमाडौं । साउदी अरेबियाबाट ग्लोबल आइएमई बैंकले अलनिमाको इरसल मनि ट्रान्सफर सेवासँग मिलेर रेमिट्यान्स  पठाउन सुरु गरेको छ ।

Global Ime Bankयो सेवा सुरु भएसंगै साउदी अरेबियामा रहेका नेपालीले अलनिमा बैंकको इरसल मनि ट्रान्सफर सेवाका ५० वटा एजेन्टमार्फत नेपालमा आफ्ना आफन्तलाई सजिलैसँग पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु र एस रेमिटका एजेन्टहरुमार्फतबाट भुक्तानी लिन सकिने छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीयाल लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोबार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?