Comments Add Comment

दुनियाका मानिस कति सुत्छन् ?

sleepविश्वका मानिसहरुको सुत्ने तौर तरिका तथा समयको समग्र ढाँचा वैज्ञानिकहरुले पत्ता लगाएका छन् । एक एपमार्फत संकलन गरेका डाटाको विश्लेषण गरी शोधकर्ताहरुले विश्वका मानिसहरुको सुताइको ढाँचा पत्ता लगाएका हुन् ।

शोध अनुसार सिँगापुर तथा जापानका मानिस भन्दा नेदरल्याण्डका मानिसहरु रातमा १ घण्टा बढि सुत्दछन् ।  साइन्स एडभान्स जर्नलमा छापिएको शोध अनुसार पुरुष भन्दा महिला बढि सुत्दछन् र अधवैशे पुरुषहरु सबैभन्दा कम सुत्ने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार पछिल्लो अनुसन्धानबाट प्राप्त तथ्यलाई विश्वव्यापी निद्रा संकटको समाधानमा प्रयोग गर्न सकिन्छ ।

अमेरिकाको मिचिगन विश्वविद्यालयका शोधकर्ताहरुले सन् २०१४ मा इन्ट्रेन नामक एप सार्वजनिक गरेका थिए । यस मार्फत मानिसहरुले आफ्नो सुताइको आनीबानीका बारेमा शोधकर्ताहरुसँग जानकारी बाँड्न सक्दथे ।

शोध अनुसार जापानी तथा सिंगापुरेहरु दिनमा औषतमा ७ घण्टा २४ मिनेट सुत्ने गरेका छन् भने डचहरु ८ घण्टा १२ मिनेट । त्यस्तै बेलायतीहरु पनि औषतमा ८ घण्टा भन्दा कम सुत्दछन् । बेलायती भन्दा फ्रेन्चहरु केही बढि समय सुत्दछन् ।

शोधकर्ताहरुका अनुसार समाजले हामीलाई रात अबेर सम्म जागा रहने र बिहान अबेर उठ्न बाध्य पार्दैछ तर सरीरको जैविक घडीले भने बिहान सबेरै उठ्नुपर्ने माग गर्दछ । जसका कारण मानिसले निद्रालाई तिलान्जली दिइरहेको छ । यस्तो अवस्थालाई शोधकर्ताहरुले विश्वव्यापी निद्रा संकटको नाम दिएका छन् ।

शोधकर्ताहरुका अनुसार महिलाहरु औषतमा पुरुषभन्दा दिनहुँ आधा घण्टा बढि सुत्दछन् । त्यस्तै दिउसो पर्याप्त घाम ताप्न पाउने मानिसहरु पनि बेलुकी छिटै सुत्ने गरेको पाइएको छ ।

शोधकर्ताहरुका अनुसार मानिसको स्वास्थ्यका लागि पर्याप्त तथा गहिरो र मीठो निद्रा आवश्यक हुन्छ । अनियमित तथा अपर्याप्त निद्राले मानिसमा टाइप टू मधुमेह लगायतका स्वास्थ्य समस्या निम्त्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment