Comments Add Comment

हृवाट्सएपमा बोल्ड तथा इटालिक लेख्न आउँछ ? यस्तो छ तरिका

whatsapp

यदि तपाईंले चाहनुभयो भने फेसबुकमा आफ्नो म्यासेजको टेक्स्ट फन्ट केहि राम्रो बनाउन सक्नुहुनेछ । यस्तो बनाउन थुप्रै ब्राउजर तथा एपहरु हुन्छन् । फेसबुकमा जस्तै अव तपाईंले हृवाट्सएपमा पनि त्यो सुविधा पाउनुहुने भएको छ ।

यदि तपाईं चाहनुभयो भने हृवाट्सएपबाट तपाईंले पठाउनुभएको टेक्स्ट सम्बन्धित व्यक्तिले हेर्दा अलग देखिनेछ । केहि साता पहिलेदेखि हृवाट्सएपले आफ्ना ग्राहकहरुलाई टेक्स्ट फर्मेटिङको अनुमति पनि दिएको छ ।

यो सुविधामा अब तपाईंले हृवाट्सएपमा लेख्ने शब्द ‘बोल्ड’, ‘इटालिक’ वा ‘स्ट्राइक थ्रू’ बनाउन सक्नुहुनेछ । फरक फरक कमाण्डको प्रयोग गरेर तपाईंले आफ्नो अक्षर फरक फरक फर्म्याटको बनाउन सक्नुहुनेछ ।

whatsapp1

आउनुहोस् यो कमाण्डको बारेमा जान्नुहोस्

अक्षर बोल्ड गर्नका लागि बाक्य वा शब्दको सुरु या अन्तिममा स्टार (*) चिन्ह राख्नुहोस्

इटालिकको लागि बाक्य वा शब्दको अन्तिममा अण्डर स्कोर (_)

कुनै लेखिएको बाक्य वा शब्द हटाउनको लागि सुरु तथा अन्तिममा (~) चिन्ह लगाउनुहोस् ।

तथा यदि तपाईं बोल्ड या इटालिक एकैपटक चाहनुहुन्छ भने वाक्य या शब्दको सुरु तथा अन्तिममा यी दुवै (*_) संकेतको प्रयोग गर्नुहोस् ।

यो फर्मेटिङ किबोर्डमा परिवर्तन नगरिकनै गरिएको हो ।

तपाईं जसलाई पनि यो फर्म्याट भएको अक्षर सेन्ड गर्नुभयो भने त्यो सम्बन्धित व्यक्तिले देख्न पाउँछ । हृवाट्सएपको पुरानो भर्सन प्रयोग गर्नेहरुले पनि यो सुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा एप्पल र एन्ड्रोइड दुवैमा उपलब्ध छ ।

हृवाट्सएपले आफुलाई परिमार्जित पक्कै गरेको हो । तर प्रयोग कर्ताहरु यो पनि चाहन्छन् कि उसले छिट्टै भिडियो कलिङको सुविधा पनि ल्याओस् । हृवाट्सएपले गत बर्षमात्रै कलिङको सुविधा सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment