Comments Add Comment

मधेसी मोर्चाको प्रश्नः विश्वास गुमाइसकेको सरकारसँग के वार्ता गर्ने ?

upendra yadav

२७ वैशाख, काठमाडौं । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले वार्ताका लागि सरकारले गरेको आहृवानको औचित्य नभएको जवाफ दिएको छ ।

सरकारी वार्ता टोलीका संयोजक कमल थापाले आइतबार मधेसी मार्चालाई पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए ।

सरकारी आहृवानबारे प्रतिक्रिया दिँदै मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा वार्ताको सम्भावना नरहेको बताए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ३६ पटक वार्ता गर्दा पनि माग सम्बोधन नभएको भन्दै यो वार्ता आहृवान प्रचार मात्र भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘विश्वास गुमाइसकेको सरकारसँग के वार्ता गर्ने ?’

सरकारलाई आफूहरुको माग र मुद्दा थाहा रहेको भन्दै उनले सरकार समस्या समाधान गर्न गम्भिर नरहेको बताए । संघीय गठवन्धनका संयोजकसमेत रहेका उनले अघि भने, ‘सरकार संविधान पुनर्लेखन गर्न तयार हो ?’

सदभावनाका नेता लक्ष्मणलाल कर्णले पनि यथास्थितिमा वार्ता सम्भव नभएको बताए ।

उनले प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली राजनीतिक समितिमा बसेको अवस्थामा भने मधेसी मोर्चा पनि सहभागी हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment