Comments Add Comment

नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैनः नेता सिंह

Prakash Man Singh (2)

२७ वैशाख, काभ्रे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई चुनावी घोषणापत्र जस्तो भनेर टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सरकारको बजेट पनि प्रचारमुखी बाहेक केहि नहुने बताए ।

काभ्रेको धनेश्वर मन्दिरमा सोमबार आयोजित कार्यक्रममा नेता सिंहले प्रचारमुखी नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने दाबी गरे ।

सरकारले आफ्नो असफलता ढाकछोप गर्न र सस्तो लोकप्रियता कमाउन नीति तथा कार्यक्रममा महात्वाकांक्षी योजना ल्याएको बताए ।

उनले सरकारको दिनगन्ती सुरु भइसकेकाले छिट्टै ढल्ने दाबी गरे । ‘सरकारमा सहभागि उपप्रधानमन्त्री र मन्त्रीहरुले नै साउन भित्र सरकार परिवर्तन हुन्छ भनेकाले दिनगन्ति सुरु भएको छ,’ नेता सिंहले भने, ‘प्रतिपक्षीको रुपमा नभई सरकारका मन्त्रीहरुको अभिव्यक्तिले यी कुरा प्रष्ट हुन्छ ।’

संविधान कार्यान्वयन गर्न र भूकम्प पीडितलाई राहात तथा पुनःस्थापन गराउन नसकेकाले सरकार असफल भएको उनको दाबी छ ।

कार्यक्रम नेता सिंहले एक करोड ६४ लाख रुपैयाँमा निर्माण हुन लागेको धनेश्वर महादेवको मन्दिरको शिलान्याससमेत गरे ।

सोमबार नै नेपाली कांग्रेस काभ्रेले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले पछिलोपटक सरकार परिवर्तनको कसरतमा पार्टीको कमजोर प्रस्तुतिले पार्टीको छवि बिग्रिएको बताए । यसबाट कायकर्तामा निराशा छाएकाले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको र पार्टीमा आवश्यक छलफल र पर्याप्त तयारी गरेर मात्रै अघि बढ्न सुझाव दिएको सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment