Comments Add Comment

सलमानले ३२ करोड, साहरुखले २० करोड ट्याक्स तिरे

srk and salman
भारत सरकारबाट उच्च सुरक्षा पाउने गरेका बलिउडका सुपरस्टारहरुले ट्याक्स पनि निरन्तर तिर्छन् । आफ्नो आम्दानीको आधारमा उनीहरुले ट्याक्स तिर्ने गरेका छन् । यो बर्ष पनि बलिउडका चर्चित सुपरस्टारहरुले ठूलो रकम एड्भान्स कर तिरेका छन् । २०१५-२०१६ को एड्भान्स कर तिर्ने कलाकारको सूचीमा सलमान खान अगाडि छन् । जसले ‘बजरंगी भाइजान र प्रेम रतन धन पायो’को सफलताले राम्रो कमाई गरे । उनले ३२ करोड कर तिरेको भारतीय मिडियाको भनाई छ । उनले २०१४-१५ मा २६ करोड कर तिरेका थिए ।

कर धेरै तिर्ने कलाकारको सूचीमा अक्षय कुमार दोश्रो स्थानमा छन् । उनले ३० करोड तिरेका छन् । २०१४-१५ मा उनले २३ करोड कर तिरेका थिए । चलचित्र असफल भएपनि रणवीर कपुरले २२.३ करोड एड्भान्स कर तिरेका छन् । जबकी, उनले २०१४-१५ मा १९.७ करोड कर तिरेका थिए । विश्वकै धनी कलाकारको सूचीमा दोश्रो स्थानमा रहेका नायक साहरुख खानले यो बर्ष २० करोड कर तिरेका छन् । उनले २०१४-१५ मा ३२ करोड कर तिरेका थिए । आमिर खानले १९.६ करोड एड्भान्स कर तिरे ।

जबकी, उनले २०१४-१५ मा १५.८ करोड कर तिरेका थिए । नायक अमिताभ बच्चनले १७.५ करोड कर तिरे । उनले २०१४-१५ मा २९.२ करोड करि तिरेका थिए । अजय देवगणले लगातार २ बर्ष ५ करोड ट्याक्स तिरेका छन् । हलिउड यात्रा गरेकी नायिका प्रियंका चोपडाले १.४५ करोड तिरिन् । उनले २०१४-१५ मा २.४६ करोड कर भारत सरकारलाई वुझाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment