+
+
Shares

पत्रकार सम्मेलनमै मोदीको डिग्रीको कपी बाँडियो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते १४:४८

narendra_modi

२७ वैशाख, काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएको डिग्रीको कपी पत्रकारहरुलाई बाँडेका छन् ।

Modi-MA-degreeभाजपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा शाहले बताए अनुसार मोदीले दिल्ली विश्वविद्यालयबाट बीए र गुजरात विश्व विद्यालयबाट एमए पास गरेका छन् ।

प्रधानमन्त्री मोदीको डिग्रीलाई लिएर आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रश्न उठाएका थिए ।

पत्रकार सम्मेलनमा भाजपा अध्यक्ष शाहले भनेका छन्, केजरीवालले मोदीको डिग्रीलाई लिएर जुन विवाद सुरु गरे, उनले देश र दुनियासँग माफी माग्नुपर्छ ।’

वित्तामन्त्री अरुण जेटलीले केजरीवालको आरोप आधारधीन र राजनीतिको निकै तल्लो स्तरको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?