Comments Add Comment

बरिष्ठ साहित्यकार पुडासैनी अभिनन्दित

damodar pudasainiबरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरलाई म्याग्दी सदरमुकाम वेनीमा अभिनन्दन गरिएको छ l जिल्लाका म्याग्दी सामुदायिक पुस्तकालय बेनी, म्याग्दी साहित्य समाज बेनी, पौलस्त्य साहित्य समाज म्याग्दी , म्याग्दी साहित्य सन्चार म्याग्दी , सुवासना साहित्य सदन बेनी र म्याग्दी जिल्लाका तर्फबाट समाजसेवी तथा म्याग्दी सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष गोपालनारायण भट्टचनले अभिनन्दन गरेका हुन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी दामोदर पुडासैनी किशोरले कार्यक्रमका सभाध्यक्ष एबं म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावललाई पुस्तकालयको लागि पॉचसय थान पुस्तक प्रदान गरे ।

प्रमुख अतिथी पुडासैनीले पुस्तकालयका संस्थापक अध्यक्ष गोपालनारायण भट्टचन र पुस्तकालयका भूतपूर्व अध्यक्षहरू डा. भूपेन्द्र बहादुर खड्का,सुदर्शनकुमार श्रेष्ठ ,सुभाषकुमार श्रेष्ठ, सन्जयकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, किरण सापकोटा, सुरजकुमार श्रेष्ठ र धनन्जय कुमार श्रेष्ठलाई सम्मान गरे ।

कार्यक्रममा साहित्यकार एबँ समाजसेवी धनन्जय कुमार श्रेष्ठले बरिष्ठ साहित्यकार दामोदर पुडासैनीको उर्जाशील साहित्त्यक व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए ।

समाजसेवी एबँ राजनीतिज्ञ गोपालनारायण भट्टचनले म्याग्दी जिल्लामा शैक्षिक र भौतिक बिकासको क्रममा भोग्नु परेका समस्याहरू स्मरण गर्दै राष्ट्रको समुन्नतिको लागि साहित्य र शिक्षाको बिकास द्रुत गतिमा गर्नु पर्ने बताए । उनले म्याग्दी पुस्तकालयके लागि पुडासैनीले तन, मन र धनले सहयोग गरेकाे बताए ।

सो अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका भूतपूर्व अध्क्ष डा . भूपेन्द्र खड्का र हरिकृष्ण श्रेष्ठ ,म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग बाणिज्य सँघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दी जिल्लाको सर्वाँगीण बिकास तथा साहित्यकार पुडासैनीको साहिित्यक योगदान सम्बन्धमा चर्चा गरे ।

सो अवसरमा भक्त कार्की, घायलश्री ,दण्डपाणि सापकोटा, शिब सस्मी, राजु के. सी., लीलाराम पौडेल, अजयमिलन श्रेष्ठ सुशील थकाली लगायतका साहित्यकारहरूले आ आफ्ना रचना वाचन गरेका थिए ।

प्रमुख अतिथीको आसनबाट बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरले पुस्तकालय ,साहित्य र शिक्षाको विकास गर्न सकियो भने समाजमा राम्रो सँस्कारको विकास भई सुरक्षा खर्चमा समेत कमी आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment