Comments Add Comment

म्यानचेष्टर युनाइटेड वेष्टहृयामसँग पराजित, शीर्ष चारमा पर्ने सम्भावना कमजोर

Westham२९ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड वेष्टहृयामसँग पराजित भएको छ । यो हारसँगै युनाइटेडको शीर्ष चारमा रहेर लिग अन्त्य गर्ने सम्भावना कमजोर भएको छ ।

मंगलबार राति भएको खेलमा वेष्टहृयामले म्यानचेष्टर युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा वेष्टहृयामले १० औं मिनेटमा साखोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा उसले यो अग्रता जोगायो ।

तर, ५१ औं मिनेटमा म्यानचेष्टर युनाइटेडले मार्टिलले गोल गरे । खेलको ७२ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।

एक गोलले पछि परेको वेष्टहृयाम खेलमा फर्कियो । ७६ औं मिनेटमा एन्टोनिओले बराबरी गोल फर्काए भने ८० औं मिनेटमा रिडले गोल गर्दै वेष्टहृयामलाई ३-२ को जित दिलाए ।

हारसँगै अन्तिम खेल खेल्नु अघि म्याानचेष्टर युनाइटेडको ६३ अंक छ र पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको म्यानचेष्टर सिटीको ६५ अंक छ । वेष्टहृयाम भने ६२ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment