+
+
Shares

भारत पुगेर मोदीलाई यसरि चुनौती दिए बद्रीले

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते १०:५४

badri-pangeni-1
लोकदोहोरी गीत मार्फत सन्देश दिन सिपालु गायक बद्री पंगेनीले भारतको नयाँ दिल्लीमा आयोजिक साँस्कृतिक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विषयमा अनावश्यक टाउको नदुखाउन आग्रह गरेका छन् ।

‘वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्ट’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका बद्रीले गीत मार्फत आग्रह गर्दै भनेः

नियम कानुन हाम्रै हो
संविधान हाम्रै हो
मोदीको टाउको किन दुख्ने हो
न त चुके नदी नाला, नत झुके हाम्रा पुर्खा
तिनैका सन्तती किन झुक्ने हो …

भारतले नेपालमा गरेको हस्तक्षेप बिरुद्ध गीत प्रस्तुत गर्न पाउँदा आफूलाई आनन्द आएको प्रतिक्रिया उनले दिए । ‘मैले हस्तक्षेप बिरुद्ध गीत गाउँदा नयाँ दिल्लीमा रहेका नेपालीहरु खुसीले रमाए ।’ अनलाइनखबरसँग कुरा गर्दै बद्रीले भने ।

राष्ट्रिय स्वाभिमान जोगाउनका लागि हरेकले आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने धारणा राख्ने बद्री आफ्नो यो अभियानलाई पनि राष्ट्रियताको पहलको रुपमा लिन आग्रह गर्छन् । ‘मैले भारतको विरोध गरेको हैन, उसको हेपाहा प्रवृत्तीको विरोध गरेको हुँ ।’

प्रधानमन्त्री मोदीलाई प्रत्यक्ष गीत सुनाउन नपाएपनि आफ्नो सन्देश सुनाइदिन कार्यक्रम मार्फत आग्रह गरेका थिए उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?