Comments Add Comment

बीजेपी नेताले संसदमै भने- चीनको समर्थनमा नेपालले भारतलाई धम्क्यायो

नेपाल भारत सीमामा तारबार लगाउन माग

Nishant-Dubey

२९ वैशाख, काठमाडौं । भारतको सत्तारुढ दल बीजेपीका एक सांसदले नेपालमाथि चीनको समर्थन लिएर भारतलाई धम्क्याएको आरोप लगाएका छन् ।

बुधबार तल्लो सदन लोकसभाको शुन्य समयमा बोल्दै भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले पाकिस्तान र बंगलादेशको सीमामा जस्तै तारबार लगाउन माग गरे । नेपालले हालै मात्र भारतका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको उल्लेख गर्दै उनले नेपालका लागि भारतीय राजदूतलाई फिर्ता पठाउने षड्यन्त्र भइरहेको बताए ।

नेपाल चीनतर्फ झुकेको भन्दै उनले भने, ‘(नेपाल) आफैंमा कमजोर हुँदा हुँदै पनि चीनको समर्थनमा भारतलाई धम्क्याइरहेको छ ।’

नेपाल भारतबीचको खुला सीमाका कारण नेपाल भारतविरुद्ध गतिविधि गर्ने केन्द्र बनेको र त्यो इण्डियन एयरलाइन्सको विमान अपहरणमा बेला पनि देखिएको उनले बताए । भारतले नक्कली भारुको समस्या पनि भोगिरहेको उनले बताए ।

वीजेपी नेपालविरुद्ध बोलिरहँदा भारतीय कांग्रेसका सांसद ज्योतिरआदित्य सिंधियाले आफ्नो छिमेकी देशविरुद्ध त्यो बोल्न नहुने भन्दै विरोध गरे । उनलाई केही सांसदले पनि साथ दिए ।

तर, बीजेपी सांसद निशिकान्त दुवेले जवाहर लाल नेहरु, इन्दिरा गान्धी र राजिव गान्धीले लिएको नेपालप्रतिको नीतिकै कारण अहिले समस्या आएको आरोप लगाए ।

उनले राजीव गान्धीले नाकाबन्दी लगाएर नेपाललाई समस्या परेको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment