+
+
Shares

भक्तपुरमा इनार खन्दा बम भेटियो !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते ७:४३

Saket-Bomb३१ वैशाख, भक्तपुर । सल्लाघारी सिर्जना नगरस्थित श्यामसुन्दर कसपालको घरको हातामा इनार खन्ने क्रममा आज अपराह्न बम भेटिएको छ ।

पन्ध्र फिट गहिरो इनार खनिएपछि माटामा मिसिएको अवस्थामा बम फेला परेको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

अपराह्न बम भेटिए पनि स्थानीयवासीले त्यसलाई निकैबरे खेलाएर ‘वर्कसप’मा लगेर काट्न खोज्दा आगाको झिल्को निस्किएपछि बमको आशङ्कामा सल्लाघारी प्रहरी बिट नजिकै फ्याँकेका थिए ।

प्रहरीले बिस्फोटक पदार्थ भएको पहिचान गरेपछि साँझ आएको नेपाली सेनाको बम निष्क्रिय टोलीले उक्त वस्तु बम नै भएको पहिचान गरेको प्रहरीको भनाइ छ । उक्त बिस्फोटक पदार्थ नेपाली सेनाको टोलीले सुरक्षित साथ लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?