+
+
Shares

गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १ गते ७:३९

१ जेठ, सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

accidentपूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सप्तरीको शम्भुनाथ नपा–७ बस्ने २० वर्षीय रोशन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि रायपुरस्थित युनिक अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?