Comments Add Comment

तरकारीको भाउ छोइनसक्नु !

Kalimati-tarkari-bazzar-2२ जेठ, काठमाडाैं । उपत्यकामा हरियो तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्तालाई दैनिक चलाउनै हम्मे परेको छ ।

खडेरीले उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ताहरु बताएको आजको नागरिक दैनिकमा समाचार छ ।

आलु, बन्दा, काउली, मुला, मटरकोसा, घिउसिमी, लौका, हरियो फर्सि, भिन्डी, साग लगायतका तरकारीको भाउ बढेपछि  उपभोक्ता मारमा छन् । उसै त महँगो तरकारी व्यापारी ब्यापारीको मनोमानीले किनिनसक्नु भएको उनीहरुको गुनासो छ ।

वर्षदिनअघि जेठ १ कै दिन ११ रुपैयाँ किलोमा किबेच भएको आलु शनिबार ३३ रुपैयाँमा किनबेच भयो । आलूमा २ सय प्रतिशत भाउ बढेर किलोमै २२ रुपैयाँ बढी परेको हो । घिउसिमी ३ सय ४७ प्रतिशतले बढेर किलोका ८५ रुपैयाँ पुगेको छ ।

खुल्ला अर्थराजनीतिको फाइदा उठाँउदै व्यापारी उपभोक्ता लुट्न एकजुट भएको उपभोक्तवादीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment