२ जेठ, काठमाडौं । मधेसी दलसहितको संघीय गठबन्धनले सिंहदरबार घेराउले वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । गठवन्धनमा आवद्ध दलहरुले सिंहदरबार आउने विभिन्न नाकाहरुमा जम्मा भएर अवरोध गरेका छन् ।
प्रहरीले थापाथलीबाट चारपाङ्ग्रे गाडी अगाडि आउन दिइएको छैन । माइतीघरमा सबैभन्दा ठूलो समुह छ । त्यहाँ बाक्लो संख्यामा प्रहरी तैनाथ छन् । बबरमहलस्थित सिडियो कार्यालय अगाडि पनि प्रदर्शनकारी जम्मा भएका छन् ।
प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको बस माइतीघरमा तोडफोड गरेका छन् ।
अहिलेसम्म प्रहरीले प्रदर्शनकारी निषेधित क्षेत्रभित्र जान दिएको छैन । प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति पनि आएको छैन ।
कुन नेता कहाँ
समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोलगायतका केही नेताले माइतीघरमा नेतृत्व गर्ने कार्यक्रम छ । तमलोपा, फोरम लोकतान्त्रिक नेपाल सद्भावना लगायतका साना मधेसी दल हनुमानस्थानमा बस्नेछन् । जनजाति पार्टीका नेताहरु यी दुवै क्षेत्रमा बाँडिएर बस्नेछन् ।
प्रतिक्रिया 4