+
+
Shares

प्रधानमन्त्रीद्वारा चलचित्र विकास कम्पनीको अतिक्रमित २७ रोपनी जग्गा फिर्ता ल्याउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बालाजुस्थित चलचित्र विकास कम्पनीको अतिक्रमित २७ रोपनी जग्गा सरकारको नियन्त्रणमा ल्याउने निर्देशन दिएका छन्।
  • उनले हप्ता १० दिनभित्र कानूनी प्रक्रिया पुरा गरी उक्त जग्गा सरकारको नियन्त्रणमा ल्याउने जिम्मा दिएका छन्।
  • अहिले उक्त जग्गाको क्षेत्रफल ७ रोपनीमा खुम्चिएको छ र त्यसको बाँकी भाग विभिन्न व्यवसायिक कम्पनीलाई भाडामा दिइएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालाजुस्थित तत्कालिन चलचित्र विकास कम्पनीको अतिक्रमित २७ रोपनी जग्गा सरकारको मातहतमा ल्याउन निर्देशन दिएका छन् ।

‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचार सचिव राधिका अर्याललाई उक्त जग्गा सरकारको नियन्त्रणमा ल्याउन निर्देशन दिए ।

प्रधानमन्त्रीले हप्ता १० दिनभित्र यसबारे पत्ता लगाएर, कानूनी प्रक्रिया पुरा गरेर सरकारको नियन्त्रणमा ल्याउन निर्देशन दिए ।

सुरुमा २७ रोपनी रहेको उक्त जग्गा अहिले अतिक्रमणको चपेटामा परेर ७ रोपनीमा खुम्चिएको छ । तत्कालिन चलचित्र विकास कम्पनीले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन समितिबाट जग्गा लिजमा लिएको थियो । त्यसपछि अतिक्रमणको मारमा परेको जग्गाको क्षेत्रफल खुम्चिँदो छ ।

अहिले रहेको ७ रोपनी जग्गा मध्ये पनि बाँकी ४ रोपनी विभिन्न व्यवसायिक कम्पनीलाई भाडामा दिइएको छ । तत्कालिन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बासकोटाले जग्गा फिर्ता ल्याउन प्रयास थालेका थिए । तर, मन्त्रीबाट हटेपछि यो काम अलपत्र थियो ।

मंगलबार बालुवाटारमा आयोजित समारोहमा पूर्वमन्त्री बासकोटाले नै यो जग्गाको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?