Comments Add Comment

वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?

prakash_kafle_entवायु प्रदुषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । स्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै कारण हुन्छ ।

अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल आस्माको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला ।

नाकमा मासु पलाएर अपरेशन गर्नुपर्ने केसहरु हप्तामा ३/४ वटासम्म आउने गरेको छ । यो गत वर्ष १/२ वटा मात्र हुने गर्दथ्यो । यसले पनि समस्या कति बढेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

किन पलाउँछ नाकमा मासु ?

यो एलर्जीका कारण हुने समस्या हो । धुला, धुँवा, चिसो कुनै पनि कुराले एलर्जी हुन्छ र दीर्घकालीन रुपमा जाँदा नाकमा मासु पलाउँछ । हामी त्यसलाई चिकित्सकीय भाषामा पोलिप भन्छौं ।

सुरुको लक्षण भनेको नाक बन्द हुने, सिंगान तथा पानी बग्ने, हाच्छ्यु बढ्ने र विषेश गरी बेलुकीको समयमा सास फेर्न गाह्रो हुने समस्या हुन्छ । र, नाकमा मासु पलाउन समस्याले कालान्तरमा दम बढ्ने गर्छ ।

अलिकति मिस हुने भनेको स्वाँ-स्वाँ भएपछि एक्सिडेन्टल रुपमा नाकको समस्या भएर आउँदा नाकमा मासु पलाएको भेटिन्छ । यो के हो भने सुरुमा नाकमा मासु पलाएको थियो र त्यसैले नै ब्रोङकल आस्माको समस्या ल्याएको हुन्छ । तर, मानिसहरु यो स्टेजमा पुगेसकेपछि मात्र डाक्टरहरुकहाँ आइपुग्ने परेको पाइन्छ । पछिल्लो समयमा आम मानिसहरुमा सचेतना बढेको पाइएको छ । नाकमा समस्या देखिएपछि चिकित्सक कहाँ आउन थालेका छन् ।

सामान्य रुघाखोकीमा पनि यही समस्या आउँछ । त्यसैले मानिसहरु सामान्य रुघाखोकी हो भनेर बस्ने पनि गर्छन् । तर, यो समस्या तीन महिनासम्म देखियो भने जाँच गराउनु उपयुक्त हुन्छ । नाक, कान, घाँटी विशेषज्ञ कहाँ जानुपर्छ । आवश्यक पर्‍यो भने डाक्टरले इन्डेसकोपी गराउनुहुन्छ । यसले मासु पलाएको नपलाएको थाहा हुन्छ । त्यसैले समयमै जाँच गराउनु राम्रो हुन्छ ।

वायु प्रदुषणका कारण घाँटीको पनि समस्या बढेको पाइएको छ । जस्तो कि घाँटीमा केही अडि्कएको जस्तो हुन्छ । कति पटक विरामीहरुले भनिरहेका हुन्छन् कि डाक्टरसा’ब मेरो त घाँटीमा रौं अडि्कएको जस्तो छ । त्यो एलर्जीका कारण हो । यसले घाँटीमा फोकाहरु आउँछ । यसले नै मानिसहरुलाई घाँटीमा रौं वा त्यस्तै केही अड्किएको जस्तो महसुस गराउँछ ।

ध्वनी प्रदुषणका समस्या

dr.prakash kafle
डा. प्रकाश काफ्ले

अर्को कुुरा वायु प्रदुषणको मात्र धेरै कुरा भइरहेको छ । ध्वनी प्रदुषणलाई त्यति महत्व दिइएको छैन । तर, यो समस्या पनि देखिएको छ । अहिले पिक आवरमा शहरको मध्य भाग वा जहाँ ट्राफिक जाम हुने ठाउँमा छ भने स्वतः देख्नुहुन्छ कि सवारी साधनले हर्न बजाएर ध्वनी प्रदुषण गराएको छ ।

अर्को कुरा कारखाना कम भएको होला तर, अटो मोबाइलका कारण ध्वनी प्रदुषण बढेको छ । हामीले २ वर्ष अगाडि एउटा प्रारम्भीक अध्ययन गरेका थियौं । पिक आवरमा ६० देखि ७० डेसिमलसम्म प्रदषण भइरहेको पाइन्छ । यो त हामीले आफ्नो अनुकुल समयमा अध्ययन गरेका थियौं । पिक आवरमा त्यो अझ बढी होला ।

यसले मानिसहरुमा समस्या देखिन थालेको छ । जस्तो कान कराउने । ध्वनी प्रदुषणका कारण लामो समयसम्म एक्पोजर भएर मानिसहरुमा यो समस्या देखिएको छ । अर्को भनेको हेयरिङ लस अर्थात कम सुन्ने समस्या पनि हामीले पाएका छौं । यो समस्या सबैभन्दा धेरै ट्राफिक पुलिसमा देखिएको छ । उनीहरु लामो समयसम्म सडकमा खटिन्छन् । यो समस्या सडक आसपासमा पसल गर्नेहरुमा पनि बढेको अनुमान गर्न सकिन्छ । यसले सुन्ने नशा कमजोर गरेको पाइएको छ ।

उपचार कसरी गर्ने ?

यो समस्याको उपचार सम्भव छ । जहाँ नाक, कान र घाँटीका विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ, त्यहाँ उपचार सम्भव हुन्छ । डाइगोनोसिस गर्ने उपकरणहरुको भएको ठाउँमा झन् सहज हुन्छ । अपरेशन गर्नुपर्ने वा औषधि सेवन गर्ने चिकित्सकले हेरेपछि हुन्छ । यो उपचार धेरै महंगो पनि छैन ।

सामान्य मास्कले खासै काम गर्दैन । त्यो आत्मसन्तुष्टि मात्र हो । यदि राम्रो खालको मास्क लगाउने हो भने २५ प्रतिशतसम्म प्रदुषणबाट बचाउन सक्छ

चिकित्सकीय परामर्शका लागि धेरै महंगो पर्दैन । डाइगोनेस्टिक टुलहरु एक्सरे, इन्डेस्कोपी पनि धेरै खर्चिलो होइन । अपरेशनमा भने केही खर्च हुन्छ ।

बच्ने कसरी ?

काठमाडौंमा धेरै मानिसहरु मास्क लगाएर हिँडेको देखिन्छ । धुलो, धुवाबाट बच्न मास्क लगाइएको हो । तर, मास्कको गुणस्तरमा कमै ध्यान दिएको पाइन्छ । सामान्य मास्कले खासै काम गर्दैन । त्यो आत्मसन्तुष्टि मात्र हो । यदि राम्रो खालको मास्क लगाउने हो भने २५ प्रतिशतसम्म प्रदुषणबाट बचाउन सक्छ । ध्वनी प्रदुषणबाट आफ्नो नागरिकलाई कसरी बचाउने भनेर सरकारले नै सोच्नुपर्छ ।

ध्वनी प्रदुषणबाट बच्ने पनि उपाय छ । एयर प्लग भन्ने पाइन्छ । यसले ध्वनीलाई कम गर्छ । यसले १६ देखि २० डेसिबलसम्म ध्वनी कम गरिदिन्छ ।

(डा. काफ्ले ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका नाक कान घाँटी सर्जन हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment