Comments Add Comment

साहानाले अंग्रेजी धेरै बोल्दा दर्शकको यस्तो आक्रोश

sahana bajracharya
शनिबार काठमाण्डौको टुँडिखेलमा आयोजना भएको ‘अमरपन्छी’ कार्यक्रमको संचालन मोडल साहाना बज्रचार्यले गरेकी थिइन् । स्टेजमा साहाना प्रवेश गरेपछि धेरैलाई उनले दमदार कार्यक्रम चलाउँछिन् भन्ने आशा थियो ।

कार्यक्रमको मुख्य उद्देश्य थियो, भूकम्प पीडितहरुलाई सहयोग गर्ने । कार्यक्रमबाट उठेको रकम भूकम्प पीडितहरुका लागि सहयोग गर्ने उद्देश्य आयोजक संस्था ‘सैनिक श्रीमति संघ’ले राखेको छ ।

तर, कार्यक्रम संचालन गर्न स्टेजमा उत्रिएकी साहानाले भूकम्प पीडितलाई सम्बोधन गर्न त्यती आवश्यक ठानिनन् । यतिमात्र होइन, उनले कार्यक्रम अवधीभर अंग्रेजी भाषाको मात्र प्रयोग गरिन् । उनले कार्यक्रमको अन्तिमतिर मात्र केही समय नेपालीमा बोलेकी थिइन् ।

सोनाक्षी र मलाइकालाई स्टेजमा बोलाउँदा अंग्रेजी भाषा प्रयोग गर्नु स्वभाविक नै हो । तर, नेपाली नायिकालाई बोलाउँदा, उनीहरुको बारेमा बयान गर्दा,  नेपाली नायिकासँग कुरा गर्दा पनि अंग्रेजी भाषा नै बोल्न किन आवश्यक थियो ?

के नेपाली जनताले नेपाली भाषा बुझ्दैनन् ? कि साहानालाई नेपाली बोल्न आउँदैन ? कार्यक्रमको उद्देश्य के हो ? लक्षित दर्शक को हुन् ? कार्यक्रम संचालिकाले वुझ्न सकिनन् ।

कार्यक्रम हेर्न आइपुगेकी एक यूवतीले साहानाको यो शैलीप्रति तिखो आक्रोश पोखिन् । उनले साहानाको अंग्रेजी नमिलेको भन्दै कि नेपाली बोल्नु कि तयारी गरेर आउनु भन्दै सुझाव दिइन् । यस्तै खालको रोस अन्य दर्शकले पनि राखेका थिए ।

कार्यक्रम अवधिभर अधिकांश समय अंग्रेजी भाषा मात्र बोलेकी साहानाले दर्शकलाई होल्ड गर्न सकिनन् । कारण, उनको कार्यक्रम चलाउने शैली र एकहोरो अंग्रेजी रटाई थियो ।

साहानाले अंग्रेजीमा कुरा गर्दा नायिका नीशा अधिकारीले पनि अंग्रेजी भाषामै जवाफ दिएकी थिइन् । रेखा थापा, केकी अधिकारी, प्रियंका कार्कीले नेपालीमा जवाफ दिए ।

रोचक कुरा त के छ भने, बलिउडबाट आएका २ सुन्दरी मलाइका अरोरा खान र सोनाक्षी सिन्हाले आफ्नै मातृभाषा हिन्दीमा दर्शकलाई सम्बोधन गरेका थिए । उनीहरुले ‘थ्याङ् यू र आई लभ यू’ मात्र अंग्रेजीमा बोलेका थिए ।

उनीहरुले दर्शकलाई अंग्रेजी भाषामा सम्बोधन गर्न पनि सक्थे । तर, उनीहरुले बाहिरी मुलुकमा आएर आफ्नो भाषाको सम्मान गरे । तर, हाम्रै देशमा हुने कार्यक्रममा हाम्रै कार्यक्रम संचालिकाले नेपालीमा कार्यक्रम चलाउन त्यती आवश्यक ठानिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment