+

दोस्रो आदिबासी जनजाती कप सुनुवार सेवा समाजलाई

२०७३ जेठ  २ गते १८:२३ २०७३ जेठ २ गते १८:२३
दोस्रो आदिबासी जनजाती कप सुनुवार सेवा समाजलाई

Football

२ जेठ, काठमाडौं । ‘एकताले नै सपना साकार हुन्छ’ भन्ने मुल नाराका साथ किरात कोइँच स्पोर्ट्स क्लबलेे आयोजना गरेको दोस्रो आदिवासी जनजाती कप-२०७३ फुटबलको उपाधि सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएको छ ।

वैशाख २७ गतेदेखि जारी प्रतियोगिता ललितपुरको सिएफएस खेल मैदानमा भएको थियो । फाइनल खेलमा सुनुवार सेवा समाज र सुनुवार अञ्चल ट्याक्सी व्यवसायीबीच भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ५-४ गोलले पराजित गर्दै समाजले उपाधि हात पारेको हो ।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिाभरिको क्रमशः उच्च गोलकर्ता दुरा सेवा समाजबाट निर्मल दुरा, उत्कृष्ट रक्षक कमल तामाङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट फरवार्ड सुमन मगर अञ्चल ट्याक्सी व्यवसायी, उत्कृष्ट गोलकिपर सोम सामताङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट मिडफिल्डर त्रिलोक दुरा दुरा सेवा समाज र प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी रवि थिङ सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएका छन् । पुरस्कृत खेलाडीलाई प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले वितरण गरेका थिए ।

प्रतियोगितामा क्रमशः सुनुवार विद्यार्थी समाज चौथो, दुरा सेवा समाज तृतीय, सुनुवार अञ्चल ट्याक्सी व्यवसायी दोस्रो भएका थिए । विजेता टोलीलाई नगद, प्रमाण-पत्र तथा ट्रफी वितरण गरिएको थियो ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय